नयाँदिल्ली, २८ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ ।
मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताउनुभएको छ ।
यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु राजस्थानको एउटा चर्चित मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका थिए ।
सबै शव पानीबाट बाहिर निकालिएको छ । मृत्यु हुनेमा दुई जना बालबालिका समेत छन् ।
त्यसैबीच भारत कै पश्चिमी प्रदेश महाराष्ट्रमा भएको अर्को सवारी दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।
स्थानीय समयानुसार विहान ०५:३० बजे दुर्घटनामा परेको निजी यात्रुबहाक बस प्रदेशको राजधानी मुम्बइबाट लाटुर तर्फ जाँदै थियो । बिड जिल्लाको धनोरा गाउँमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी महेश टकले जानकारी दिनुभयो ।
बस तिव्रगतिमा भएकाले चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको उहाँले बताउनुभयो ।
मृत्यु भएका सबै जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई स्थानीय अहमेद नगर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने