बग्दाद, २५ जेठ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार मामिला हर्ने कार्यालय (यूएनएचसीआर)ले इराकको मोसुलबाट भाग्ने प्रयास गरिरहेका २३१ सर्वसाधारण इस्लामिक स्टेट (आइएस) लडाकुहरुबाट मारिएको जनाएको छ ।
कार्यालयको प्रतिवेदनमा मोसुलको पश्चिमी क्षेत्रमा यस्तो घटना भएको समाचारमा जनाइएको छ ।
मानव अधिकार सम्वन्धी उच्च आयुक्तको कार्यालयद्धारा जारी वक्तव्यमा गत मे २६ देखि जुन ३ सम्म अल शिफामा उनीहरु मारिएको उल्लेख गरिएको छ । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
“मारिएको केही दिन सम्म उनीहरुको शव सडकमा छोडिएको थियो, घटनापछि अन्य कैयांै व्यक्तिहरु हराइ रहेका छन्,” वक्तव्यमा भनिएको छ ।
उच्च आयुक्तको कार्यालयले घटनाका बारेमा थप सूचनाहरु खोजी भईरहेको जनाएको छ । सर्वसाधारण माथि भएका आक्रमणमा आइएस लडाकूसहित अल जान्जिलीको पनि संलग्नता रहेको र मे ३१ मा एकै दिनमा उनीहरुका कारण करिव ८० जनाको मृत्यु भएको बताइएको छ ।
“गोली हानिएका बालबालिकाहरु बाच्नका लागि उनीहरुका परिबारसँग भागिरहेका थिए, त्यहाँ उनीहरुलाई त्यस्तो निरिह अवस्थाबाट मुक्तिका लागि कसैले केही गर्न सकेन,” वक्तव्यमा भनिएको छ ।
उच्च आयुक्तले इराकको सुरक्षा फौज र आइएस विरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनलाई बोलाएर नागरिकहरुलाई मारिने अवस्थाबाट मुक्त गर्न आग्रह गर्नुभएको छ ।
“आइएस लडाकुहरुको प्रभाव रहेको जिल्लाहरुमा अहिले सम्म कति नागरिक मारिए भन्ने बारेमा हामीलाई अहिले सम्म केही थाहा छैन, तर बाँच्नका लागि झण्डै दुई लाख मानिस आगामी दिनमा मोसुल छोडी भाग्ने प्रयास गरिरहेका सूचना यूएनएचसीआरलाई थाहा हुन आएको उच्च आयुक्तको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
इराकी सेनाका अनुसार सहरका ९० प्रतिशत भन्दा बढी भाग आईएस लडाकुको नियन्त्रणबाट सरकारी नियन्त्रणमा ल्याइएको छ ।
मोसुल, इराकको राजधानी बग्दाद देखि ४०० किलोमिटर उत्तरमा रहेको विद्रोही प्रभावित इराकी प्राचिन शहर हो । सो शहरलाई सन् २०१४ मा आईएस लडाकुहरुले आफ्नो नियन्त्रणमा लिएका थिए ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च