वासिङ्टन, २५ जेठ ः अमेरिकी गुप्तचर संस्था (एफविआई) का पूर्व निर्देशक जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको हस्तक्षेपका बिषयमा लगातार प्रभावमा राख्न चाहेको र आफूलाई राष्ट्रपतिप्रति बफादार बनाउन खोजेको आरोप लगाउनुभएको डेमोक्रेटिक सिनेटर मार्क वाग्नरले बिहीबार बताउनुभएको छ ।
उहाँले पाँचवटा कुराकानीको विवरण प्रस्तुत गर्दै ट्रम्पले बारम्बार बफादारी खोजेको कुरालाई जोड दिनुभएको छ भने कोमीले चाहिँ आफ्नो भूमिकामा निष्पक्षताको जोड दिनुभएको सिनेटको गुप्तचर मामिला हेर्ने समितिसँगको बयानमा बताउनुभएको छ,वाग्नरले जनाउनुभयो ।
अमेरिकाको सिनेटको गुप्तचरीसम्बन्धी समितिले संघीय जाँच ब्यूरोका बर्खास्त गरिएका निर्देशकले ऊ समक्ष दिने लिखित बयान प्रकाशित गरेको छ जसमा उहाँले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारलाई अनुसन्धान नगर्न राष्ट्रपति ट्रम्पले आफुलाई भनेको उल्लेख गर्नुभएको छ ।
यसअघि राष्ट्रिय सुरक्षासम्बन्धी दुईजना वरिष्ठ अधिकारीहरु माइक रोजर्स तथा ड्यान कोट्सले सिनेटरहरु समक्ष बयान दिंदै उनीहरुमाथि ह्वाइट हाउसले कुनै पनि गैरकानुनी काम गर्न दबाब नदिएको उल्लेख गरेका छन्।
तर बिहीबार सिनेट समिति समक्ष बयान दिएका कोमीले चाहिं उहाँलाई मे ९ मा बर्खास्त गरिनु अगाडि भएका भेटघाटमा राष्ट्रपतिले असहज बनाइदिएको उल्लेख गर्नुभएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त