ईयूद्वारा उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी


ब्रसेल्स (बेल्जियम), २५ जेठ । युरोपियन युनियन (ईयू) ले उत्तर कोरिया विरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

उत्तर कोरियाद्वारा विश्व समुदायको आग्रहकाविरुद्ध एकतर्फी रुपमा एकपछि अर्को गर्दै गरेका क्षेप्यास्त्र तथा आणविक हतियार परीक्षणलाई लिएर केही व्यक्ति र सङ्घसंस्थाविरुद्ध प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घको निर्णयलाई पछ्याउँदै थप १४ उच्च अधिकारी र चार सङ्घसंस्थालाई प्रतिबन्ध लगाउने जनाएको हो ।

यससँगै ईयूले जम्मा ५३ उत्तर कोरियाली उच्च अधिकारी र ४६ सङ्घसंस्था प्रतिबन्धित सूचीमा परेका छन् ।

युरोपेली आयोगले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को सङ्कल्प प्रस्ताव नं. २३५६ ले गरेको व्यवस्थाअनुसार प्रतिबन्ध लगाउने निर्णय लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री