
नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बिहीबार कार्यसम्पादन समितिको बैठक बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २५ जेठ । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए पनि प्रदेश नं १, ५ र ७ को भोलिसम्म टुङ्गो लगाउने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले गुल्मी, नवलपरासी, ओखलढुङ्गा, सङ्खुवासभालगायतका अधिकांश जिल्लाको टुङ्गो लगाएको र भोलि बस्ने बैठकले सबै उम्मेदवार टुङ्ग्याउने बताउनुभयो । २ नं प्रदेशको भने केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
काँग्रेसले सो निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा पठाउने व्यवस्था छ ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखकलगायतको उपस्थिति थियो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न