कुवेत, २३ जेठ । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ ।
कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ जानुभएको कतारी सांसदहरुले जनाएका छन् ।
“अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताउनुभयो । “हामी प्रार्थना गरौँ भगवानले उहाँको भ्रमणको उद्देश्य पूरा गर्नुहुनेछ र अरब राष्ट्रबीचको एकतालाई सफल पार्नुहुनेछ ।”
“कुवती तथा खाडी मुलुकका जनताको समर्थन अरब मुलुकबीच देखिएको वैचारिक भिन्नता अन्त्य गर्न अमिरले गर्ने पहलप्रति रहनेछ” संसद जमान अल हर्षबासले बताउनुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा