कुवेत, २३ जेठ । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ ।
कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ जानुभएको कतारी सांसदहरुले जनाएका छन् ।
“अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताउनुभयो । “हामी प्रार्थना गरौँ भगवानले उहाँको भ्रमणको उद्देश्य पूरा गर्नुहुनेछ र अरब राष्ट्रबीचको एकतालाई सफल पार्नुहुनेछ ।”
“कुवती तथा खाडी मुलुकका जनताको समर्थन अरब मुलुकबीच देखिएको वैचारिक भिन्नता अन्त्य गर्न अमिरले गर्ने पहलप्रति रहनेछ” संसद जमान अल हर्षबासले बताउनुभयो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल