वासिङटन (अमेरिका), २३ जेठ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार आफ्नो मध्यपूर्वको भ्रमण र कतारलाई अन्य छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडेको सोमबारको निर्णयलाई जोड्नुभएको छ ।
ट्रम्पले ट्वीट गर्दै भन्नुभएको छ, “मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिवादलाई अबका दिनमा सहायता नदिइने जनाएको थिएँ, हेर्नुहोस् अरब मुलुकका नेताले यसमा कतारलाई सावधान गराएका छन् ।”
अमेरिकी राष्ट्रपति साउदी अरब र ट्रम्पका मध्यपूर्व भ्रमणको एक महिना नबित्दै छ अरब राष्ट्र र कतारबीच तनाव देखिएको छ । साउदी अरबलगायतका छ मुलुकले कतारविरुद्धको सम्बन्ध विच्छेदको घोषणा गर्दै मुस्लिम मुलुकबीच एकताको खाँचो समेत औल्याएका छन् ।
अमेरिकी सेनाले कतारमा यस क्षेत्रको सैन्य कारबाहीका लागि ठूलो हवाई अड्डा राख्दै आएकोमा यसलाई अब इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध लक्षित गरेको छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी मुलुकबीच एकता कायम राख्दै समस्या समाधानका लागि काम गर्न आह्वान गर्नुभएको छ ।
आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन, लिबिया र इजिप्टले कतारसँगको आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन् । उनीहरूले आगामी १४ दिनभित्र आफ्ना नागरिकलाई स्वदेश फर्कनसमेत आग्रह गरेका छन् ।
इजिप्टसहित अरब राष्ट्रका विभिन्न छ मुलुकले आफ्ना यातायातका सेवालाई पनि कतारबाट अलग बनाउने जनाएपछि पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र कतारलाई समस्या परेको छ । कतारले अधिकांश सामान यी राष्ट्रबाट वा यिनै मुलुक भएर भित्र्याउने गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी रियादले कतारले आतङ्कवादी समूह र पृथकतावादी कट्टरपन्थी मुसलमानलाई सघाउँदा समग्र अरब क्षेत्रको शान्ति तथा सुरक्षामा समस्या आएको जनाएको थियो । अरबले मुस्लिम ब्रदरहुड दाएस (आईएस) र अल कायदा समूहलाई सहयोग गरिरहेको अरबको आरोप छ ।
कतारले आतङ्कवाद वा इरानलाई सघाउने गरी आफ्नो मुलुकबाट कुनै पनि गतिविधि नभएको बताउँदै कतारमाथि लगाइएका सबै आरोपको खण्डन गरेको थियो ।
छिमेकी अरब राष्ट्रहरूले लगाएको आरोपको खण्डन गर्दै कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी कतारमाथि लगाइएका आरोप तथ्यमा आधारित नरहेका तर झुटा र आधारहीन दाबीमात्र भएका जनाएको थियो ।कतारले आफ्नो समाज र अर्थतन्त्रलाई तहसनहस पार्ने षडयन्त्रबाट अरब राष्ट्रहरूको पछिल्लो निर्णय आएको दाबी गरेको छ ।
इरानले कतार र अन्य अरब मुलुकवीच देखिएको समस्या राजनैतिक वार्ता र शान्तिपूर्वक समाधान गर्न दुवै पक्षवीच सम्वाद गर्न आग्रह गरेको छ । कतार लगायत अन्य अरवमुलुकसँग सुमधुर सम्वन्ध भएको अर्को मुलुक टर्कीले अरव क्षेत्रमा देखिएको पछिल्लो समस्या समाधान गर्न टर्की तत्पर रहेको जनाएको छ ।
पछिल्लो समय देखिएको समस्यालाई सामान्य बनाउन इश्तानबुलले कुनै पनि किसिमको सहयोग गर्ने टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुले सोमबारै सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनु भएको थियो ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने