लन्डन । २२ जनाको ज्यान जाने गरि म्यानचेस्टरमा भएको आत्मघाती आक्रमणको दुई साता नपुग्दै लन्डनमा फेरि आतंकवादी आक्रमण भएको छ । मेट्रोपोलिटन प्रहरीका अनुसार शनिबार राती लन्डनको मुटु लन्डन ब्रीज र बरो मार्केटमा गम्भीर प्रकृतिको आतंकवादी आक्रमण भएको हो । आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने प्रहरीले ३ आतंककारीलाई गोली हानी मारिदिएको छ । ४८ घाइतेहरुलाई उपचारार्थ विभिन्न अस्पतालमा लगिएको छ ।
बीबीसी संवाददाता होली जोन्सले लन्डन ब्रीजमा एउटा भ्यान करिब ५० माइलको गतिमा पैदल यात्रु माथि कुदाइएको देखेका थिए । सोही भ्यानबाट ओर्लेर ३ जनाले लन्डनब्रीज नजिक रहेको बरो मार्केटस्थित पब र रेष्टुरेन्टमा समेत छुरा प्रहार गरेको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
घट्नास्थलमा सशस्त्र प्रहरी, प्रतिआतंकवाद अधिकारी, एम्बुलेन्स र प्रहरीका गाडीको उल्लेख्य उपस्थिति छ ।
यस घट्नाबारे प्रधानमन्त्री टेरेजा मे सचेत रहेको र उनले घट्नालाई सम्भावित आतंकवादीका रुपमा लिइएको जनाएकी छन् । विपक्षी लेबोर पार्टीका नेता जेरेमी कोर्बीनले घट्नालाई क्रुर र आश्चर्यचकित भनेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]