
सिङ्गापुर, जेठ १७ । सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिएको छ ।
वर्तमान राष्ट्रपति टोनी टान केङ यामको कार्यकाल यही अगस्ट ३१ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।
उहाँको कार्यकाल सकिएपछि सेप्टेम्बर १ देखि नयाँ राष्ट्रपतिले कार्यभार नसम्हाल्दासम्म कामचलाउ राष्ट्रपतिले जिम्मेबारी बहन गर्ने कानुनी व्यवस्था छ ।
गत नोभेम्बरमा गरिएको संविधान संशोधनअनुसार सिङ्गापुरको राष्ट्रपतिका लागि मलाय उम्मेदबारहरुले पनि उम्मेदबारी दिन पाउने छन् । तर उनीहरुले मलाय समुदायको प्रमाणित प्रतिलिपिका लागि ‘समुदाय समिति’मा निवेदन पेस गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ ।
सिङ्गापुरको पहिलो राष्ट्रपतिको रुपमा सन् १९९१ मा वि किम वि निर्वाचित हुनु भएको थियो । त्यही बेलादेखि नै सिङ्गापुरमा चिनियाँ र भारतीय समुदायका उम्मेदबारहरु राष्ट्रपतिमा निर्वाचित हुँदै आएका छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल