लन्डन । गायिका मेलिना राई र गायक रेवत राई दोश्रो पटक सांगीतिक भ्रमणमा बेलायत आउंदा दंग छन् । दर्शकहरुबाट पाएको अथाह मायाले उनीहरु थप उत्साहित भए यसपटक ।
शुक्रबार सांझ लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा उनीहरुले दोश्रो प्रस्तुति दिंदा हल खचाखच थियो, तस्विर लिन दर्शकहरु तंछाडमछाड गरिरहे । नाचेर रमाउनेको कमी भएन । शिरैमा शिरबन्दी…, कम्मरमाथि पटुकी…लगायत चर्चित गीतकी गायिका मेलिनाको स्वर जति सुमधुर थियो, हाउभाउ पनि उस्तै । युवा पुस्तामाझ लोकप्रिय हुंदै गएका रेवत राईको प्रस्तुति पनि आकर्षक रहयो ।
इमिडिया हब लि. यूकेले कलाकारलाई कार्यक्रम गर्न निम्त्याएको हो । ‘एभरेष्ट म्यूजिकल ब्लास्ट’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा नेपालबाट आएका ति दुई कलाकारले झण्डै अढाइ घण्टा कयौं गीत प्रस्तुत गरे ।
लेक्स लिम्बु र निया देवानले सञ्चालन गरेको उक्त कार्यक्रममा अर्को आकर्षण थिइन् यूके डान्स अफ २०१६ जेनी सुनुवार । उनको हट नृत्यले दर्शक उत्तेजित नबन्ने कुरै भएन । मिरा फगामीले पनि नाच देखाइन् । स्थानीय कलाकारहरु किशोर पुन, दीपक राई, सोनाहाङ राईले पनि गाए । सोनाहाङ बेलायतमा हुन लागेको ‘एभरेष्ट आइडल’ का प्रतिष्पर्धी हुन् ।
कार्यक्रममा इमिडिया हब लि. यूकेका सिइओ इश्वर चाम्लिङ, किसन राई लगायतले स्वागत मन्तव्य दिएका थिए ।
इन्जिनियर हेम विष्टको साउण्ड सिस्टम थियो ।
कार्यक्रम हेर्न यती नेपाली एसोसिएसन यूके पूर्व अध्यक्ष उमेशराज मोक्तान दम्पति, गोर्खा अभियन्ता सूर्य नेम्वाङ, व्यवसायी देव गुरुङ, लन्डन नेपाल न्यूजका प्रवन्ध निर्देशक राजकुमार त्रिपाठी लगायत सञ्चारकर्मी र सयौं दर्शकको सहभागिता थियो ।
एभरेष्ट म्युजिकल ब्लास्टको पहिलो संस्करण गत शनिबार अल्डरसटमा भएको थियो । बेलायतका विभिन्न शहरमा हुने उक्त सांगीतिक कार्यक्रम आज शनिबार सांझ हकिन्ज कम्युनिटी सेन्टर, केन्टमा हुंदैछ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]