कायरो (इजिप्ट), १२ जेठ । इजिप्टको दक्षिणी मिन्था प्रान्तमा शुक्रबार एक अज्ञात बन्दुकधारीको समूहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीलाई आक्रमण गर्दा कम्तीमा २६ जनाको मत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा सोही बसका २३ जना घाइते भएका छन् ।
दुई वटा कारमा करिब १० जनाको समूह आएर कायरोदेखि दक्षिणमा अवस्थित स्यामुएल मोनास्ट्री (मठ) तर्फ हिँडेका दुई बसलाई रोकी बसमा रहेका तीर्थयात्रीमाथि अन्धाधुन्ध गोली चलाउँदा २६ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको स्थानीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै सिन्ह्वा संवाददाताले जनाएका छन् ।
स्रोतले बसमा सबै जना धार्मिक समारोहमा सहभागी हुन हिँडेका क्रिस्चियन धर्मावलम्बीहरु रहेका पुष्टि गरेको छ । घटनाप्रति कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन ।
इजिप्टको करिब नौ करोड २० लाख जनसङ्ख्यामध्ये करिब १० प्रतिशत कोप्टिक क्रिस्चियनको बसोबास छ । गत डिसेम्बरदेखि उनीहरु इस्लामिक अतिवादी समूहको निसाना बन्दै आएका छन् ।
यसअघिका क्रिस्चियन धर्मावलम्बीमाथि भएका आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएका थिए । पछिल्लो पटक मे १९ मा आईएसद्वारा सार्वजनिक दृश्यचित्रमा सो समूहले गैरमुस्लिम समूहमाथि जहाँकहीँ आक्रमण गर्ने चेतावनी आएको थियो ।
आक्रमण इजिप्टको शान्ति र स्थायित्वमाथिको आक्रमणमाथिको आक्रमण भएको इजिप्टको शून्य समूह शेख अल अजारका महमद अल तैयवले बताउनुभयो । उहाँले इजिप्टवासीलाई यस्ता जघन्य आतङ्कवादी आक्रमणविरुद्ध उक भएर मुकाविला गर्न आग्रह गर्नुभएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल