
ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्न पुग्नु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गरिदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ११ जेठ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज ललितपुरमा देखाइएको छ ।
स्थानीय जावलाखेलमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीले भोटो अवलोकन गर्नुभयो । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाउनुभएको थियो ।
भोटो अवलोकनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल र प्रधानन्यायाधीश कार्कीलगायत उच्चपदस्थ अधिकारीलाई रातो मत्स्येन्द्रनाथका पुजारीले फूलप्रसाद टक्र्याउनुभएको थियो ।
भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायत मन्त्री, सांसद र सरकारी अधिकारी पनि जावलाखेलमा उपस्थित हुने परम्परा छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । विसं ६६२ मा नागराज कर्कोटकले दिएको भोटोको स्वामित्वका विषयमा दुई व्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथालाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ ।
काठमाडौँ उपत्यकाका सबै मानिस भोटो जात्रा हेर्न एवम् दसी प्रमाणसहित दाबी गर्ने उद्देश्यले जावलाखेलमा जम्मा हुन्छन् भन्ने विश्वासमा यस दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन पहिलेदेखि बसेको हो ।
यो जात्रा वरदेवको शासनकाल विसं ६६२ देखि सुरु भएको विश्वास गरिन्छ । अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याउने राजा गुणकामदेवका नाति, नरेन्द्रदेवका छोरा वरदेवको पालादेखि भोटो देखाउने जात्रा सुरु भएको भोटो देखाउने जात्राको साइत हेर्ने ज्योतिषी परिवारका सदस्य एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीको भनाइ छ ।
वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्न सुरु गरिन्छ । पहिलो दिन रथ गाबहालसम्म पुरयाइन्छ । गाबहालदेखि रथ मङ्गलबजारसम्म पुरयाइने गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख आचार्यले राससलाई जानकारी दिनुभयो ।
यसपछि मङ्गलबजारबाट रथ तानेर सुन्धारासम्म पुरयाइन्छ । एक दिन रथ सुन्धारामा राखेर अर्को दिन चक्रबही लगिन्छ । चक्रबहीबाट रथ तानेर लगनखेलमा पुरयाइन्छ । रथलाई लगनखेलमा एक दिन राखेर महाबलिसहित पूजा गरिन्छ । रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ । राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार ४०० वर्ष घि मत्स्येन्द्रनाथलाई ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ