लण्डन । यस वर्षको गोर्खा कपमा फरक स्वाद दिने कोसिस आयोजकले गरेका छन् । यही आइतबार (२८ मे) अल्डरसटको क्वीन्स आभेन्यूमा हुने गोर्खा कपमा इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी लेडली किङ र नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्य सहभागी हुने आयोजक तमूधिं युकेले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यसैगरी यसवर्षको गोर्खा कपमा इंग्ल्यान्डको प्रिमियर लिगको उपविजेता क्लव टोट्टनहामले स्टल तथा खेल अभ्यास गर्नेछन् । यस्तै, गोर्खा कपमा भाग लिन हङकङ र बेल्जियमबाट पनि आउँदैछन् ।
मूल विधामा ३२ र ४० वर्ष माथिको भेट्रान्समा ८ टोली भिड्दै छन् । भेट्रान्समा दुईपटक लगातार विजेता बनेको केन्ट एफसीले शिल्ड पचाउन नेपालबाट प्रशिक्षक राजु शाक्यलाई झिकाएको छ ।
मूल विधाको विजेता टोलीले २००० पाउन्ड, उपविजेताले १००० पाउन्ड, भेट्रान्सतर्फ विजेताले १००० पाउन्ड र उपविजेताले ७००पाउन्ड पाउनेछन् ।
सो इभेन्टमा करिब १० हजारले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।
फुटबलबाहेक त्यहाँ ५२ अन्य स्टल पनि रहनेछन् ।
सो इभेन्ट सन्चालनका लागि ३८ देखि ४० हजार पाउन्ड खर्च लाग्ने कोषाध्यक्ष दीपक गुरूङले बताए ।
पत्रकार सम्मेलनमा गोर्खा कपका सिइओ क्याप्टेन पीताम्बर गुरूङले कपको तयारीबारे र कुमार गुरूङले टीम ड्रबारे जानकारी दिए । उपाध्यक्ष नन्दजंग गुरूङले स्वागत गरेको र अध्यक्ष ज्ञाम गुरूङले अध्यक्षता गरेको सो कार्यक्रममा मेजर लक्षिनप्रसाद गुरूङ र हरि गोविन्द गुरूङलाई सम्मान गरिएको थियो ।
कार्यक्रम महासचिव कृष्ण गुरूङले चलाएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान