
लन्डन । नेपाल सरकारले बेलायतको म्यान्चेस्टर एरेनास्थित एक कन्सर्टमा गए राति भएको आतङ्ककारी हमलामा परी २२ जनाको ज्यान गएको घटनाको निन्दा गरेको छ ।
राससका अनुसार, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बेलायतका विदेशमन्त्री बोरिस जोनसोनलाई आज पत्र लेखी उक्त हमलामा परी २२ जनाको ज्यान गएको समाचारले आफू र नेपाल सरकारलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको छ । उहाँले यस दुःखद घडीमा आफू, नेपाल सरकार र नेपाली जनताका तर्फबाट बेलायती सरकार र जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।
मन्त्री डा महतले सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । घटनामा परी कैयौँ व्यक्ति घाइते भएका छन् ।
मन्त्री डा महतले सो घटनाको निन्दा गर्दै यस्तो अमानवीय कार्यमा संलग्नलाई जति सक्दो चाँडो कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि जोड दिनुभएको छ । उहाँले नेपाल सधैँ सबैखाले आतङ्ककारी क्रियाकलापको विरुद्धमा छ भन्दै सो पत्रमा आतङ्ककारीका विरुद्धमा गरिने कारबाहीमा नेपाल सरकार बेलायत सरकार र बेलायती नागरिकका पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा