लन्डन । बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी (क्यूसी) को मानवअधिकार सम्वन्धि एउटा ग्रन्थ लन्डन र न्यूयोर्कबाट एकैसाथ प्रकाशित भएको छ ।
झण्डै चार वर्ष लगाएर सुवेदीले लेखेको ‘संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रणालीको प्रभावकारिताः सुधार र मानवअधिकारको अन्तर्राष्ट्रिय स्तरमा न्यायीकरण’ ग्रन्थ बेलायतको प्रतिष्ठित राउट लेज गृहले प्रकाशन गरेको हो ।
ग्रन्थमा मानवअधिकार के हो, यसको कसरी विकास भयो, अहिले संसारमा मानवअधिकारको स्थिति कस्तो छ र संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु मानवअधिकारको प्रवर्धन र संरक्षणमा कति सशक्त र प्रभावकारी छन् भन्ने विषय समावेश छ ।
विगत ३० वर्षदेखि अन्तर्राष्ट्रिय कानुनको साधनामा लागेका प्रा. सुवेदीले आफूले नेपालमा विद्यार्थी नेता हुंदा जेल बसेको क्षण, पछि नेपालको सरकारी सेवा र बेलायती परराष्ट्रमन्त्रीको मानवअधिकारको सल्लाहकारका रुपमा काम गर्दा तथा संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दाका अनुभव समेत ग्रन्थमा समेटेका छन् । उक्त ग्रन्थमा सुवेदीले संयुक्त राष्ट्रसंघका विभिन्न मानवअधिकार सम्वन्धि निकायका सक्षम र दुर्वल पक्षको समिक्षा गर्दै अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारको प्रवर्धन र संरक्षणका लागि विभिन्न सुझाव समेत प्रस्तुत गरेका छन् ।
२१ औं शताब्दीको परिवर्तित अन्तर्राष्ट्रिय सम्वन्धको परिप्रेक्ष्यमा र दुई ध्रुवीय सम्वन्धबाट वहु ध्रुवीय सम्वन्धमा प्रवेश गरेको संसारमा मानवअधिकार, कानुन बमोजिमको शासन र लोकतन्त्रका मुलभूत मान्यतालाई कसरी जीवन्त र प्रभावकारी राख्न सकिन्छ भन्ने विषयमा केन्द्रित उक्त ग्रन्थले मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्वन्धको अध्ययनमा महत्वपूर्ण अध्याय थप्ने आशा गरिएको छ ।
बेलायतको उक्त प्रकाशकले प्रा. सुवेदीको ग्रन्थलाई विशेष महत्वकासाथ प्रकाशन गर्दै उनीसंग लिइएको एक विशेष अन्तर्वार्ता (जसमा उनको जीवनी र पुस्तकका विषयवस्तुमा प्रकाश पारिएको छ) पनि एकै साथ प्रकाशन गरेको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह