
लन्डन । बेलायतवासी मोडल अनिता लिम्बु यतिखेर नेपालमा छिन् । नेपाल रहंदा उनको व्यस्तता झन् बढेको छ । होलिडेमा नेपाल रहंदा उनले विभिन्न फेसन शो र म्यूजिक भिडियो गरिन् । ‘इन्टरनेशनल फेसन वीक’ मा समेत सहभागी भइन् उनी । हालै सार्वजनिक गायिका प्रिति आले मगरको ‘मेरो मन त नेपाली…’ मा अनिताको आकर्षक अभिनय थियो ।
अनिता अहिले संगठन विस्तारका क्रममा छिन् । ग्लोबल गोर्खा नेपलिज काउन्सिलको यूके शाखा अन्तर्गत कला विभागकी उपाध्यक्ष अनिता उक्त संस्थालाई जापानमा विस्तार गर्न जुटेकी हुन् । उनले संगठन विस्तारका लागि जुनमा जापान जान लागेको बताइन् ।
उक्त संस्थाले कलाकारिता, साहित्य, खेलकुद, पत्रकारिता र संगीतको क्षेत्रमा काम गर्ने जनाउंदै अनिताले विश्वभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्ने संस्थाको उद्देश्य रहेको प्रष्ट पारिन् ।
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने