लन्डन । बेलायती सेनामा कार्यरत १३ गोर्खा सैनिकले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । ‘गोर्खा एभरेष्ट एक्सपिडिसन’ नामक पर्वतारोहण अभियानअन्तर्गत सहयोगी शेर्पाहरुसहित टोलीका तीन सदस्यहरु धनीराम राई, कृष्ण थापा र निर्मल पुलामी १५ मे सोमबार स्थानीय समयानुसार २ बजेर १० मिनेटमा शिखरमा पुग्न सफल भए भने सोही टोलीका अन्य १० सदस्यहरु भोलिपल्ट १६ मेका दिन शिखरमा पुग्न सफल भएका छन् ।
विश्व विख्यात लडाकु गोर्खा सैनिकको इतिहासमा सर्बोच्च शिखर सगरमाथा चढिएको यो नै पहिलो सफल अभियान हो । बेलायती सेनाको गोर्खा ब्रिगेडमा ऐतिहासिक नेपाल कप जस्तै यो अभियान पनि वार्षिक रुपमा अगाडि बढाइने अनुमान छ ।
बेलायतमा गोर्खा सैनिक सेवाको २०० वर्ष पुरा भएको उत्सव मनाउँदै सन् २०१५ मा पनि एक टोली आरोहणमा गएको थियो । तर, विनाशकारी महाभूकम्प र विशाल हिमपहिरोका कारण अभियान स्थगित गरेर गोर्खा सैनिकहरु उद्दार कार्यमा खटिएका थिए । हिम पहिरोको कारण सयौँ घाइते हुनुका साथै १८ पर्वतारोहीले ज्यान गुमाएका थिए ।
बेलायती सैनिक इतिहासमा नै पहिलोपटक सर्वोच्च शिखर सगरमाथा आरोही टोली हाल बेस क्याम्पतिर फर्किरहेको र चाँडै काठमाण्डौ अनि बेलायत फर्किने बताइएको छ ।
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने