
लन्डन । बेलायतको नेपाली समुदायसंग निकट मानिने भगवानजी चौहान ब्रेन्ट काउन्सिलको मेयर निर्वाचित भएका छन् । बुधबार ब्रेन्ट सिभिक सेन्टरमा आयोजित वार्षिक सभामा उनले लन्डन बरो अफ ब्रेन्ट मेयरको औपचारिक जिम्मेवारी सम्हालेका हुन् ।
उनको कार्यकाल एक वर्ष हुनेछ ।
चिफ एक्जुकेटिभ क्यारिलोन डन्सले परिचय गराएसंगै शुरु सभामा डेपुटी मेयर चयन समेत गरिएको थियो । उक्त सभामा निवर्तमान मेयर परवेज अहमेदले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे ।
उक्त कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानको नेतृत्वमा नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरु समेत सहभागी भएका थिए । मेयर भगवानजी चौहानले आफ्नो कार्यकालमा गर्ने तीनवटा च्यारिटी कार्यक्रम व्यवस्थापनको दशजनाभित्र छन् मोक्तान । मेयर चौहानले कोडेक, तमु समाज बेलायत लगायत नेपाली संस्थासंग निकट रहेर नेपालीलाई सहयोग गर्दै आएको मोक्तानले बताए ।
कार्यक्रममा नेपाली संघसंस्थाका तर्फबाट उमेशराज मोक्तान, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, वर्तमान अध्यक्ष अर्जुनबहादुर गुरुङ, सल्लाहकार सुवसिं गुरुङ, व्यवसायीहरु बिराज भट्ट, देब गुरुङ, वसन्त नेपाल, रविन गुरुङ, यतीका शशीधर नेपाल, कोडेक यूकेका संस्थापक विष्णु वाग्ले, सञ्चारकर्मीहरु सिद्धार्थविक्रम क्षेत्री, नवीन पोखरेल, बीरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता