
लन्डन । बेलायतको नेपाली समुदायसंग निकट मानिने भगवानजी चौहान ब्रेन्ट काउन्सिलको मेयर निर्वाचित भएका छन् । बुधबार ब्रेन्ट सिभिक सेन्टरमा आयोजित वार्षिक सभामा उनले लन्डन बरो अफ ब्रेन्ट मेयरको औपचारिक जिम्मेवारी सम्हालेका हुन् ।
उनको कार्यकाल एक वर्ष हुनेछ ।
चिफ एक्जुकेटिभ क्यारिलोन डन्सले परिचय गराएसंगै शुरु सभामा डेपुटी मेयर चयन समेत गरिएको थियो । उक्त सभामा निवर्तमान मेयर परवेज अहमेदले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे ।
उक्त कार्यक्रममा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष उमेशराज मोक्तानको नेतृत्वमा नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरु समेत सहभागी भएका थिए । मेयर भगवानजी चौहानले आफ्नो कार्यकालमा गर्ने तीनवटा च्यारिटी कार्यक्रम व्यवस्थापनको दशजनाभित्र छन् मोक्तान । मेयर चौहानले कोडेक, तमु समाज बेलायत लगायत नेपाली संस्थासंग निकट रहेर नेपालीलाई सहयोग गर्दै आएको मोक्तानले बताए ।
कार्यक्रममा नेपाली संघसंस्थाका तर्फबाट उमेशराज मोक्तान, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, वर्तमान अध्यक्ष अर्जुनबहादुर गुरुङ, सल्लाहकार सुवसिं गुरुङ, व्यवसायीहरु बिराज भट्ट, देब गुरुङ, वसन्त नेपाल, रविन गुरुङ, यतीका शशीधर नेपाल, कोडेक यूकेका संस्थापक विष्णु वाग्ले, सञ्चारकर्मीहरु सिद्धार्थविक्रम क्षेत्री, नवीन पोखरेल, बीरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ