लन्डन । नेपालमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ लन्डनमा गर्न लागिएको च्यारिटी सफल बनाउन विभिन्न जिम्मेवारी बांडफांड गरिएको छ । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको सहयोगमा आगामी ४ जुन आइतबार प्लमस्टिड एसियन कम्युनिटी हलमा विशेष च्यारिटी हुंदैछ ।
बुद्ध फाउण्डेशन यूकेको मंगलबार सांझ प्लमस्टिड चौतारी रेष्टुरेन्टमा सम्पन्न कार्यसमिति बैठकले विभिन्न जिम्मेवारी तोकेको हो । उक्त कार्यक्रमका लागि जीवन सेन, हिराधन राई र महेन्द्र विक्रम कुंवर संयोजक तोकिएका छन् । त्यसैगरि भिआइपी रिसेप्सन हिराधन राई, स्टेज कोअर्डिनेटर महेन्द्र विक्रम कुंवर, कल्चरल कोअर्डिनेटर सूर्य गुरुङ, फाइनान्स कोअर्डिनेटर सचिन श्रेष्ठ, राजन खकुरेल र धनराज मल्ल, स्पोन्सर कोअर्डिनेटर विकास नेपाल, मिडिया कोअर्डिनेटरहरु नवीन पोखरेल र एभरेष्ट गौतम, सह मिडिया संयोजक निक्को प्रताप गुरुङ, केयर होम कन्सेप्ट प्रस्तुति हरिस ज्ञवाली, डिजाइन एण्ड प्रिन्ट निर महर्जन र अभि महर्जन तथा ज्यास क्याटरिङले करिब तीनसय जनालाई खाना (फाइन डाइन टेबल सर्भ) उपलव्ध गराउने छ ।
उक्त च्यारिटी सांझ ५ देखि राती ११ बजेसम्म हुंदैछ । आयोजकले कार्यक्रममा सहभागिता जनाइ आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन् । बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले हालसम्म वृद्धाश्रम निर्माणका लागि ७९८२.१३ पेन्सको प्रतिवद्धता आइसकेको जनाउंदै यसपटक फेरि पूण्य काममा सघाउन बेलायतवासी समस्त नेपाली समुदायमा अनुरोध गरे ।
कपिलवस्तु बाणगंगा नगरपालिका, नन्दनगरमा बन्ने १४ बेड रुमको उक्त वृद्धाश्रमको अनुमानित निर्माण लागत ७० लाख रुपैयां छ । २० रोपनी जग्गा भने कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । उक्त वृद्धाश्रमको रेखदेख रवि ज्ञवाली अध्यक्ष रहेको बुद्ध फाउण्डेशन नेपाल अन्तर्गत स्थानीय बासिन्दाले गर्ने बताइएको छ ।
बैठकमा गत ७ मेमा लन्डनस्थित ट्राफलगर स्क्वायरमा सम्पन्न बुद्ध जयन्तीबारे समिक्षा समेत भएको थियो । बैठकले केही कमी कमजोरीबाहेक बुद्ध जयन्ती अत्यन्त सफल भएको निष्कर्ष निकालेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता