काठमाडौँ, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका-संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्ण ढङ्गले सम्पन्न भएकामा सन्तोष व्यक्त गर्दै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नुअघि दलहरुबीच आवश्यक सहमति र सहकार्यका बारेमा छलफल भएको थियो ।
राजपाका नेताहरुले आफूहरुको पूर्व धारणाअनुरुप दोस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेका थिए ।
बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रराय यादव, अनिलकुमार झा र राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो ।
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी