याङगुन, १ जेठ । म्यानमारको जारी शान्ति प्रक्रियाले गतिलिने सम्भावना बढेको बताइएको छ । त्यहाँ गत वर्षदेखि सुरु भएको भए पनि शान्ति प्रक्रिया अघि बढ्न सकिरहेको छैन ।
गत हप्तामात्र त्यहाँकी राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीले विद्रोही पक्षसँग गर्नुभएको पछिल्लो वार्तापछि उनीहरुसँग यही मे २४ मा अर्काे वार्ता गर्ने सहमति भएको छ ।
सम्भवत सो वार्ता म्यानमारको इतिहासमा नै सफल एवम् सकारात्मक हुनसक्ने अपेक्षा सर्वत्र राखिएको राजधानी याङ्गुनबाट प्राप्त समाचारमा जनाइएको छ ।
सुकीको नेतृत्वमा रहेको सङ्घीय शान्ति वार्ता संयुक्त समितिले त्यहाँ जातीय विद्रोहीले राखेका कतिपय मागमा सहमति जनाउनुभएको समाचारमा आएको छ ।
उनीहरुले राख्दै आएको उहाँले ती समूहहरुको स्थानीय स्वायत्तता र राज्य सरकारको मागमा लचिलो हुनुभएको जनाइएको छ । यदि यसो हुनसक्यो भने आगामी मे २४ को वार्ता निर्णायक पनि हुनसक्ने अनुमान गर्न थालिएको समाचारमा जनाइएको छ ।
उक्त वार्तालाई शान्ति सम्मेलनको नाम दिइएको छ । सो सम्मेलनमा सरकार र विद्रोहीका तर्फबाट आ–आफ्ना माग प्रस्तुत हुनेछन् ।
स्थानीय रुपमा विभिन्न जातीय बाहुल्यता रहेको भनिएका स्थानमा म्यानमार वर्षैँदेखि हिंसात्मक विद्रोह भइरहेको छ । ती विभिन्न जातीहरुले आ आफ्नो राज्य र शासनमा स्वायत्तताको माग गर्दै आएका छन् ।
तर पनि म्यानमारको यसअघि लामो समयसम्म सञ्चालनमा रहेको सैनिक नेतृत्वको सरकारले उनीहरुको मागलाई पूरा गर्न नसकिने भन्दै आएको थियो । जसका कारण ती क्षेत्रमा हिंसा पनि भएको थियो ।
तर वर्तमान राज्य सल्लाहकार एवम् विदेशमन्त्री सुकीले ती मागहरुलाई पूरै रुपमा सम्बोधन गर्न नसकेपनि केही मात्रामा ती जातीलाई शासनमा अधिकार दिने र अलग्गै राज्यको घोषणा पनि गरिदिने विषयमा सहमति जनाउनुभएको समाचार यसअघि नै सार्वजनिक भएको छ ।
सुकीले आगामी मे २४ को सम्मेलनलाई एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने धारणा राख्नुभएको छ । साथै उहाँले यो सम्मेलनमा हुनसक्ने उपलब्धिलाई केवल म्यानमारको मात्र नभएर विश्वकै एक महत्वपूर्ण उपब्धिका रुपमा पनि लिइनुपर्ने बताउनुभयो ।
साथै उहाँले यसबाट आगामी दिनमा म्यानमारका अन्य स्थानमा पनि सिक्न र लागू गर्न सकिने धारणा पनि राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उता जातीय विद्रोहीहरुले पनि यसलाई एक सफलताको उदाहरणका रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । तर उनीहरुले अहिले नै पूर्णरुपमा खुसी भैहाल्ने अवस्था भने नभएको पनि प्रतिक्रिया दिएका छन् ।
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च