लण्डन । एनआरएनए युकेको सदस्य बन्न यसपटक २५ पाउण्ड लाग्ने भएको छ । काठमाडौँमा बन्दै गरेको एनआरएन भवन निर्माणका लागि रकम जुटाउन एनआरएन केन्द्रले नै यसपटक सदाको शुल्कमा १० अमेरिकी डलर बढाएर सदस्यता शुल्क लिने निर्णय गरेपछि सो शुल्क बढेको हो ।
सोअनुसार एनआरएनए युकेको आइतबार अल्डरसटमा सम्पन्न बैठकले यसपटक सदस्यता शुल्क २५ पाउण्ड बनाउने निर्णय गरेको छ ।
यसैगरी, अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले आगामी सेप्टेम्बर ९ मा हुने एनआरएनए युकेको अधिवेसनमा निर्वाचन कार्यक्रम सम्पन्न गर्न डा.चन्द्र लक्सम्बा, रामशरण सिंखडा, विजन भट्ट, कृष्ण भट्ट, पूर्ण लोक्सम, सुमाया राई र दुत पुन रहेको निर्वाचन समिति गठन गरेको उपाध्यक्ष योगकुमार फगामीले जानकारी दिए । सो समितिलाई निर्वाचन विधि संचालन गर्न कार्यसमितिले आचारसंहिता दिने बताइएको छ ।
यस्तै, जुलाइ अन्त्यमा जर्मनीमा हुने एनआरएनए युरोप क्षेत्रीय भेलामा युकेबाट सक्दो सहभागिता जनाउने पनि निर्णय गरिएको छ । यसैगरी, यही मे २१ मा हुन लागेको नेपाल पत्रकार महासंघ युकेको च्यारिटी डिनरमा एनआरएनए युकेले सक्दो सहभागिता जनाई दुईवटा टेबल बुक गर्ने पनि बैठकमा छलफल भएको छ ।
बैठकले बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको सहयोगमा आगामी ४ जुन आइतबार बुद्ध वृद्धाश्रम निर्माणका लागि प्लमस्टिड एसियन कम्युनिटी हलमा हुन लागेको च्यारिटीमा एनआरएनए यूके उपाध्यक्ष हिराधन राईलाई संयोजक तोकेको छ । उक्त च्यारिटी सांझ ५ देखि राती ११ बजेसम्म हुंदैछ ।
एनआरएनए आइसीसी केन्द्रको पर्यटन नेपाल भित्रयाउने अभियान ‘अतिथी देवो भव’ लाई एनआरएनए यूकेले समेत समर्थन गर्दै सचिव कृष्ण तिवारीलाई संयोजक र उपाध्यक्ष शान्ति थापा मगर एवं कोषाध्यक्ष दीपक श्रेष्ठलाई सदस्य तोकेको छ ।
बैठकमा कोषाध्यक्ष दीपक श्रेष्ठले संस्थाको हालसम्मको आर्थिक कारोवार सम्वन्धि प्रतिवेदन पेश गरेका थिए । बैठकले संस्थाको उक्त आय व्याय विवरण लेखा परिक्षणका लागि अस्मिता एण्ड एसोसिएट्सका एलएन पाण्डेलाई दिने निर्णय गरेको छ ।
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने