लन्डन । बेलायतस्थित समाजसेवी इशा गुरुङले क्यान्सर पीडित पोखरेली एक युवतीको उपचारार्थ ३ लाख ४५ हजार उठाइ परिवारलाई हस्तान्तरण गरेकी छन् ।
क्यान्सर पीडित १९ वर्षीया प्रिया गुरुङको उपचारार्थ उनले फेसबुक अभियानमार्फत बेलायतसहित विभिन्न मुलुकबाट रकम संकलन गरि प्रदान गरेकी हुन् ।
इशा गुरुङकी ठूली दिदी धनमाया गुरुङ र लक्ष्मी गुरुङले प्रियाकी आमालाई संकलित रकम घरमै गएर हस्तान्तरण गरेका थिए ।
प्रियाको हाल नयां दिल्लीमा उपचार भइरहेको छ ।
समाजसेवी इशाले सहयोगदाता सबैप्रति नमन गर्दै आफ्नो अभियानमा साथ दिएकामा कृतज्ञता व्यक्त गरेकी छन् । उनले समाजसेवा वा कसैलाई सहयोग गर्न च्यारिटी डिनर, पत्रकार सम्मेलन वा खादा र सम्मान नै नचाहिने उल्लेख गर्दै सम्बन्धित पीडित समक्ष छिटो छरितो पुग्नसके त्यो सहयोग बढि सार्थक र उपलब्धिमुलक हुने बताइन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान