सोल, २८ बैशाख । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिनुभएको छ ।
जापान, चीनलगायतका देशका नेताहरुले उहाँलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त गर्नुभएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले मूनसँग २५ मिनेट फोनमा कुराकानी गर्नुभएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँका वरिष्ठ सञ्चार सचिवले जानकारी दिनु भएको छ ।
कुराकानीका क्रममा उहाँहरुले विगतमा दुई देशकाबीचमा भएका नराम्रा घटनाहरुलाई भुलेर नयाँ तरिकाले सहकार्य र परिवक्व संवन्ध बनाउने बारेमा छलफल गर्नुभएको छ ।
त्यसैगरी चीनका राष्ट्रपति सि जिनपिङले पनि मूनलाई बिहीबार फोनगरी बधाई दिनुभएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
दुई देशको कुटनीतिक संवन्धस्थापना भएको २५ बर्ष भएको र यसअवधिमा उल्लेख्य उपलब्धिहरु पनि भएको सिले बताउनु भएको छ ।
नवनिर्वाचित राष्ट्रपति मूनलाई अन्य देशका नेताहरुले पनि टेलिफोनमार्फत् बधाई दिने क्रम चलिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अर्थतन्त्र र सुरक्षाका लागि ब्लु हाउस कर्मचारी परिवर्तन
दक्षिण कोरियाली राष्ट्रपति इनले विहीबार आफ्नो कार्यालयका कर्मचारीको जिम्मेवारी र कार्यप्रणालीलाई मुलुकको अर्थतन्त्र तथा सुरक्षाका लागि भन्दै केही परिवर्तन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पुनः सङ्गठन योजना अन्तर्गत राष्ट्रपतिको कार्यालयमा एक जना मन्त्रालयतहको सचिवको पद थप गरी जम्मा चार सचिवको व्यवस्था गरिने भएको छ भने दुई जना सहसचिवलाई घटाइने भएको छ । हालसम्म राष्ट्रपतिको कार्यालयमा व्यवस्था गरिएका १० सहसचिवको ठाउँमा आठ पद व्यवस्था गरिने भएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको हो ।
पछिल्लो सङ्गठन अनुसार राष्ट्रपतिको कार्यालयका एकजना मन्त्रीस्तरीय प्रमुख रहनुहुनेछ भने उहाँलाई सघाउन पाँच जना वरिष्ठ सचिव रहने छन् । उनीहरुलाई राजनैतिक सम्वन्ध, नागरिक सम्वन्ध, सामाजिक सुधार, जनसम्पर्क र व्यक्तिगत मामिला हेर्ने जिम्मेवारी तोकिएको छ ।
परिवर्तित उच्च प्रेस सचिवलाई वरिष्ठ जनसम्पक अधिकारीको जिम्मा लगाइएको छ ।
नयाँ राष्ट्रपतिको आवागमनसँगै सिर्जना भएको एकजना मन्त्रीस्तरीय प्रमुखको पद नीतिनिर्माणका लागि छुट्टाइएको छ र यस अन्तर्गत तीन उच्च सचिव रहने छन् । उनीहरूलाई दक्षिण कोरियाको रोजगार प्रवद्र्धन, आर्थिक तथा सामाजीक सुधारका लागि जिम्मेवार रहनेछन् ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा