सोल, २८ बैशाख । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए इनलाई विभिन्न देशका नेताहरुले बधाई दिनुभएको छ ।
जापान, चीनलगायतका देशका नेताहरुले उहाँलाई बधाई दिदै आफ्नो देशसँगको सम्बन्धमा थप सुधार हुने विश्वास व्यक्त गर्नुभएको छ ।
जापानका प्रधानमन्त्री सिन्जो आवेले मूनसँग २५ मिनेट फोनमा कुराकानी गर्नुभएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँका वरिष्ठ सञ्चार सचिवले जानकारी दिनु भएको छ ।
कुराकानीका क्रममा उहाँहरुले विगतमा दुई देशकाबीचमा भएका नराम्रा घटनाहरुलाई भुलेर नयाँ तरिकाले सहकार्य र परिवक्व संवन्ध बनाउने बारेमा छलफल गर्नुभएको छ ।
त्यसैगरी चीनका राष्ट्रपति सि जिनपिङले पनि मूनलाई बिहीबार फोनगरी बधाई दिनुभएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
दुई देशको कुटनीतिक संवन्धस्थापना भएको २५ बर्ष भएको र यसअवधिमा उल्लेख्य उपलब्धिहरु पनि भएको सिले बताउनु भएको छ ।
नवनिर्वाचित राष्ट्रपति मूनलाई अन्य देशका नेताहरुले पनि टेलिफोनमार्फत् बधाई दिने क्रम चलिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अर्थतन्त्र र सुरक्षाका लागि ब्लु हाउस कर्मचारी परिवर्तन
दक्षिण कोरियाली राष्ट्रपति इनले विहीबार आफ्नो कार्यालयका कर्मचारीको जिम्मेवारी र कार्यप्रणालीलाई मुलुकको अर्थतन्त्र तथा सुरक्षाका लागि भन्दै केही परिवर्तन गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
पुनः सङ्गठन योजना अन्तर्गत राष्ट्रपतिको कार्यालयमा एक जना मन्त्रालयतहको सचिवको पद थप गरी जम्मा चार सचिवको व्यवस्था गरिने भएको छ भने दुई जना सहसचिवलाई घटाइने भएको छ । हालसम्म राष्ट्रपतिको कार्यालयमा व्यवस्था गरिएका १० सहसचिवको ठाउँमा आठ पद व्यवस्था गरिने भएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी जनाएको हो ।
पछिल्लो सङ्गठन अनुसार राष्ट्रपतिको कार्यालयका एकजना मन्त्रीस्तरीय प्रमुख रहनुहुनेछ भने उहाँलाई सघाउन पाँच जना वरिष्ठ सचिव रहने छन् । उनीहरुलाई राजनैतिक सम्वन्ध, नागरिक सम्वन्ध, सामाजिक सुधार, जनसम्पर्क र व्यक्तिगत मामिला हेर्ने जिम्मेवारी तोकिएको छ ।
परिवर्तित उच्च प्रेस सचिवलाई वरिष्ठ जनसम्पक अधिकारीको जिम्मा लगाइएको छ ।
नयाँ राष्ट्रपतिको आवागमनसँगै सिर्जना भएको एकजना मन्त्रीस्तरीय प्रमुखको पद नीतिनिर्माणका लागि छुट्टाइएको छ र यस अन्तर्गत तीन उच्च सचिव रहने छन् । उनीहरूलाई दक्षिण कोरियाको रोजगार प्रवद्र्धन, आर्थिक तथा सामाजीक सुधारका लागि जिम्मेवार रहनेछन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल