हेरात (अफगानिस्तान), २७ वैशाख । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् ।
यस घटनामा मारिएका सबै एक परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान जिल्लामा दुडिरहेको एक सवारी साधान विस्फोट पदार्थमा ठोक्किँदा सो सवारी साधनमा भएका सबै व्यक्ति मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरको भएको यस आक्रमणमा तालिवान आतङ्ककारी समूहको हात रहेको वालिजादाले दावी गरेका छन् ।
अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र त्यहाँ जारी द्वन्द्वको क्रममा भएका हिंसा र हत्यामा परी करिब ७१५ सर्वसाधारण व्यक्तिको मृत्यु भएको छ भने, अन्य एक हजार ४६० भन्दाबढी व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च