हेरात (अफगानिस्तान), २७ वैशाख । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।
यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् ।
यस घटनामा मारिएका सबै एक परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान जिल्लामा दुडिरहेको एक सवारी साधान विस्फोट पदार्थमा ठोक्किँदा सो सवारी साधनमा भएका सबै व्यक्ति मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरको भएको यस आक्रमणमा तालिवान आतङ्ककारी समूहको हात रहेको वालिजादाले दावी गरेका छन् ।
अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र त्यहाँ जारी द्वन्द्वको क्रममा भएका हिंसा र हत्यामा परी करिब ७१५ सर्वसाधारण व्यक्तिको मृत्यु भएको छ भने, अन्य एक हजार ४६० भन्दाबढी व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा