बर्लिन (जर्मन), २५ वैशाख । जर्मन चान्सलर एन्गेला मर्केलको क्रिश्चियन डेमोक्रोटिक युनियन (सिडियु) ले जर्मनीको सुदुरपूर्वी राज्य सेलेस्वी होलस्टेइनमा प्रष्ट बहुमत प्राप्त गरेको छ ।
होलस्टेइनमा आइतबार सार्वजनिक भएको औपचारिक निर्वाचन परिणाम अनुसार मर्केलको दल सिडियुले ३२ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । यो सन् २०१२ मा भएको निर्वाचनको परिणाम भन्दा १.२ प्रतिशत बढी हो । सन् २०१२ मा सिडियुले सो क्षेत्रबाट जम्मा ३०.४ प्रतिशत मत प्राप्त गरेको थियो ।
त्यसैगरी सो क्षेत्रमा सोसल डेमोक्रेटले २.७२ प्रतिशत ल्याएको छ भने अल्तरनेटिभ फर जर्मनीले ५.० प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचनमा विजय भएसँगै सिडियुले सो राज्यको सरकारको नेतृत्वमा प्रसिद्ध नेता डेनियल गोएन्थरलाई पठाउने निर्णय गरेको छ । विजयपछि गोएत्थरले यथास्थितिवादी गठबन्धनलाई हराएर आफ्नो दललई विजय गराउनुमा यहाँका जनताले विकासको नयाँ सुरुवाट खोजेको आफूले बुझेको प्रतिक्रिया दिनुभएको छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने