लन्डन । ‘वुद्धम शरणम गच्छामी…।’ पृष्ठभूमिमा यही मन्त्र गुन्जिरहेको छ । अरु बेला बिरक्तलाग्दो देखिने ब्रिटेनको मौसम खुलेको छ ।
लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मानिसहरु एकत्रित छन् एउटा भिन्न उद्देश्यले । भगवान गौतम वुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित छ ।
वुद्धका तस्विर र पोस्टरले सजिसजाउ छ स्टेज । यत्रतत्र नेपाली झण्डा फहराइरहेका छन् । नेपालको नक्सा आकृतिभित्र दीप प्रज्वलनले सूर्यास्तका बेला प्रकाश थपिरहेको छ । धर्मगुरु पूजा पाठ गर्न व्यस्त देखिन्थे । नेपालीमात्र होइन, विदेशीलाई समेत यस्तो दृश्यले आकर्षित गरिरहेको छ । रमिता हेर्न विदेशी वरपर घुमिरहेका छन् ।
देशप्रेमले ओतप्रोत त्यो क्षणका साक्षी छन् करिब ५ सय नेपाली । त्यही माहोलमा गायिका शर्मिला बर्देवा र सपनकुमार राई गाइरहेका छन् ‘जहां छन् बुद्धका आंखा, स्निग्ध, शान्त र सुन्दर ।’
बुद्ध जयन्ती मनाउन आइतबार ट्राफलगर स्क्वायरमा भेला भएका नेपालीले वुद्ध नेपालमै जन्मिएको तथ्य फेरि स्मरण गरे । स्वतस्फूर्त रुपमा कार्यक्रममा सहभागी हुन बेलायतका विभिन्न शहरबाट ओइरिएका थिए नेपाली । अमेरिकाको बोस्टनबाट लन्डन भ्रमणमा आइपुगेका सुरेश वाग्ले र रोशनी खनाल त्यहांको माहोल देखेर दंग थिए । ‘कार्यक्रमले वुद्ध जन्मस्थानबारेको भ्रम चिर्न पक्कै सघाउने छ’, खनालले भनिन् ।
बुद्ध फाउण्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा बुद्ध जयन्ती मनाएको हो । अघिल्लो वर्ष बेलायती संसद भवन अगाडि मनाइएको वुद्ध जयन्ती यसपटक ट्राफलगर स्क्वायर रोजिएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथी कृषि विकास राज्यमन्त्री राधिका तामाङले नेपाललाई चिनाउने महत्वपूर्ण आधार मध्ये वुद्ध एक भएको जनाइन् । मन्त्री तामाङले वुद्ध जन्मिएको देश नेपाल हो भन्ने चिनाउन यस कार्यक्रम सफल भएको बताइन् । नेपाली माटोमा जन्मिएका शान्तिका अग्रदूत गौतम वुद्ध नेपालको गहना भएको समेत उनको धारणा थियो ।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सर्वोच्च शिखर सगरमाथा, बहादुर गोर्खा र भगवान गौतम वुद्धको जन्मभूमिले विश्वमा नेपालको चिनारी दिइरहेको बताए । विश्व आतंकवादले त्रसित भइरहंदा वुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको पनि राजदूतले उल्लेख गरे । वुद्ध नेपालको लुम्बिनीमा जन्मिएको सन्देश विश्वभर फैलाउन समेत उनको सबैमा आग्रह थियो ।
आयोजक फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम भव्य, सभ्य र सार्थक बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
गणेश खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा श्रीलंकाकी हाइ कमिश्नर अमारी वीजेवार्डिन, पूर्व सांसदहरु बीरेन्द्र शर्मा र सिमा मल्होत्रा, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी र कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुंवरले वुद्धको सन्देशबारे बोले । भिक्षु सुमन शाक्यले वौद्ध धर्म दर्शन र संयोजक एभरेष्ट गौतमले कार्यक्रम उद्देश्यबारे प्रकाश पारेका थिए ।
उक्त अवसरमा स्थानीय कलाकारहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो भने नेपाल पर्यटन बोर्ड यूकेले विदेशी आगन्तुकहरुलाई लुम्बिनी, बुद्ध तथा सर्वोच्च शिखर सगरमाथाका पोस्टरहरु वितरण गरेको थियो ।
तस्विरहरु सौजन्यः निक्को प्रताप गुरुङ, सुरेश वाग्ले
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा