
पेरिस (फ्रान्स), २३ वैशाख । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको उक्त दलले जनाएको छ ।
राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोनलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेका एर्हेल मञ्चमा ढलेपछि तत्कालै उपचारका लागि अस्पताल पुरयाइए पनि अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।
राष्ट्रपति निर्वाचनमा सशक्त रुपमा खटिरहनुभएका एर्हेलको अभियानका क्रममा मृत्यु भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ । फ्रान्सको तल्लो सभाका सभामुख क्लाउनड बार्टोलनले भन्नुभयो ।
बार्टोलनका अनुसार उहाँ प्लाओजीमा निर्वाचन अभियानका क्रममा खटिनुभएको थियो ।
सन् २००७ देखि फ्रान्सको सांसद रहनुभएकी उहाँ संसदीय क्रियाकलापमा सधैँ लगनशील देखिनुहुन्थ्यो, समाजवादी नेता तथा राष्ट्रपति फ्रास्वाँ अलान्दले मृतक सांसदलाई स्मरण गर्नुभयो ।
एर्हेल म्याक्रोको निर्वाचन अभियानमा सक्रिय रुपमा लाग्नुभएको थियो । फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि दोस्रो चरणको निर्वाचन आइतबार हुने कार्यक्रम छ ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा