
पेरिस (फ्रान्स), २३ वैशाख । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको उक्त दलले जनाएको छ ।
राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोनलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेका एर्हेल मञ्चमा ढलेपछि तत्कालै उपचारका लागि अस्पताल पुरयाइए पनि अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।
राष्ट्रपति निर्वाचनमा सशक्त रुपमा खटिरहनुभएका एर्हेलको अभियानका क्रममा मृत्यु भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ । फ्रान्सको तल्लो सभाका सभामुख क्लाउनड बार्टोलनले भन्नुभयो ।
बार्टोलनका अनुसार उहाँ प्लाओजीमा निर्वाचन अभियानका क्रममा खटिनुभएको थियो ।
सन् २००७ देखि फ्रान्सको सांसद रहनुभएकी उहाँ संसदीय क्रियाकलापमा सधैँ लगनशील देखिनुहुन्थ्यो, समाजवादी नेता तथा राष्ट्रपति फ्रास्वाँ अलान्दले मृतक सांसदलाई स्मरण गर्नुभयो ।
एर्हेल म्याक्रोको निर्वाचन अभियानमा सक्रिय रुपमा लाग्नुभएको थियो । फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि दोस्रो चरणको निर्वाचन आइतबार हुने कार्यक्रम छ ।
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन