लन्डन । बेलायत सरकारले अब सेटलमेन्ट भिजा यूकेको सेफिल्डबाटै जारी गर्ने भएको छ । १ मेदेखि लागू गरिएको नयां व्यवस्था अनुसार नेपालबाट सेटलमेन्ट भिजा लिन चाहनेले पासपोर्ट र आवश्यक दस्तुर भिजा एप्लिकेसन सेन्टर, काठमाण्डौंमा बुझाउने र बांकी सबै सपोर्टिङ डकुमेन्ट यूके भिजा एण्ड इमिग्रेसन अफिस, सेफिल्डमा पोष्ट गर्नुपर्नेछ ।
यसअघि काठमाण्डौंमा निवेदन दिएपछि भारतको नयां दिल्लीस्थित ब्रिटिस हाइ कमिसनबाट भिजा जारी हुने गरेको थियो ।
लन्डनस्थित सोलिसिटर राजु थापाका अनुसार नेपालबाट बालबच्चा, श्रीमान श्रीमति वा भूपू गोर्खाका सन्तान यूके झिकाउने सन्दर्भमा सेटलमेन्ट भिजा लिन नयां व्यवस्था अनुशरण गर्नुपर्नेछ ।
आवेदन फारामसहित अंग्रेजी भाषाको सर्टिफिकेट, सम्वन्ध प्रमाणित हुने, बस्ने व्यवस्था भएको देखिने कागजात, बैंक स्टेटमेन्ट आदि कागजात बेलायतको सेफिल्ड पठाउन पर्ने भएको हो ।
सोलिसिटर थापाले यसअघि यो काम बेलायती विदेश मन्त्रालय (एफसीओ) ले नयां दिल्लीमा हेर्ने गरेकोमा अब होम अफिसले नै जिम्मा लिएको बताए ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो