ब्रसेल्स (बेल्जियम), २१ वैशाख । बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपियन युनियन (ईयू) ले बेलायतमा यही जुनमा हुन लागेको निर्वाचनमा हस्तक्षेप गर्नसक्ने भनी आएको अभिव्यक्तिलाई ईयू पार्लियामेन्ट प्रमुख एन्टोनियो ताजामीले बिहीबार खारेज गर्नुभएको छ ।
‘कसैले पनि संयुक्त अधिराज्यको निर्वाचनमा प्रभाव पार्ने प्रयास गरेको पनि छैन र गर्ने पनि छैन’, ताजामीले युरोपियन इतिहास सङ्ग्रहालयको उद्घाटन समारोहका बीच सञ्चारकर्मीसँग बताउनुभयो ।
‘ईयू सदस्य हुनु र ईयूबाट बाहिरिनु एउटै होइन’ भन्ने अभिव्यक्ति दिनु कुनै आक्रमण र निन्दा नभएको उहांको भनाइ थियो ।
बेलायती प्रधानमन्त्री मेले बुधबार ब्रसेल्सलाई बेलायतको आगामी जुनमा हुन लागेको मध्यावधि निर्वाचनलाई प्रभावित पार्ने प्रयास गरेको भनी आरोप लगाउनुभएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल