लन्डन । ननिटनस्थित नेपाली समुदायले प्रिजनर्स असिस्टेन्स नेपालकी संस्थापक अध्यक्ष आमा इन्दिरा रानामगरसंग अन्तरक्रिया गर्ने भएका छन् । समाजसेवी भिम सारु नेतृत्वको ‘ननिटन नेप्लिज कम्युनिटी’ ले इन्दिरासंग ६ मे शनिबार अन्तरक्रिया तथा रात्रीभोज कार्यक्रम गर्ने भएको हो । जिन्जर ट्रि रेष्टुरेन्टमा तय गरिएको कार्यक्रममा महिला समाजसेवी इन्दिराले सञ्चालन गरिरहेको संस्था ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ (पिए नेपाल) लाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफल हुने भिम सारुले जनाए । कार्यक्रममा जेल परेका आमाबाबुका टुहुरा बालबालिकाको हकहित र आश्रय दिन समर्पित पिए नेपाल कसरी सञ्चालित छ, प्रायोजन के कसरी गर्न सकिन्छ आदिबारे छलफल हुने तय गरिएको छ ।
ननिटन नेपलिज कम्युनिटी यूकेबाट सम्भवतः पहिलो प्रायोजक संस्था हो जसले पिए नेपाललाई निरन्तर आर्थिक सहयोग गरिरहेको छ । प्रायोजित रकम खाद्यान्न, शिक्षा सामाग्री तथा स्वास्थ्य र हाइजिन गरि तीन क्षेत्रमा खर्च गरिने कम्युनिटीले जनाएको छ ।
इन्दिरा रानामगर नेपलिज चिल्ड्रेन ट्रष्टले ४ र ५ मे मा आयोजना गरेको एउटा सम्मेलनमा भाग लिन यतिखेर बेलायत आएकी छन् । सम्मेलन सकिएपछि उनले ननिटन नेपलिज कम्युनिटी, लन्डनस्थित नेपाली दूतावास र हिलिंगडन गोर्खा नेपलिज कम्युनिटीले गर्ने बेग्लाबेग्लै कार्यक्रममा समेत सहभागिता जनाउने बताइएको छ । उनी बेलायतबाट न्यूजिल्याण्डमा हुने विश्व मञ्चको सम्मेलनमा भाग लिन ७ मेका दिन त्यसतर्फ लाग्ने भिम सारुले जानकारी दिए ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]