लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासमा बस्ने लाखौं नेपाली मतदान गर्ने अधिकारवाट वञ्चित भएको भन्दै नेपाल सरकारलाई त्यसतर्फ पहल गर्न आग्रह गरेको छ । एनआरएनले विदेशमा रहेका नेपालीहरु लामो समयपछि नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अधिकारवाट वञ्चित भएको बताउंदै नेपाल सरकारले यस विषयमा सम्वोधन गर्नुपर्ने एनआरएनए उपाध्यक्ष भवन भट्टले बताए ।
एनआरएनएले एक प्रेस विज्ञप्ति जारी गर्दै घर परिवार र देशका लागि विदेशमा रगत पसिना बगाएर नोट पठाउनेहरुलाई सरकारले भोटको व्यवस्था गर्ने तर्फ कत्ति पनि नसोचेकोमा दुःख व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी विदशेमा बस्ने लाखौं नेपालीले राजदूतावास वा अन्य प्रविधिमार्फत भोट दिने ब्यवस्थाका लागि राज्यले पहल गरोस् । लोकतन्त्रमा नागरिकको मतदान गर्न पाउने आधारभूत अधिकारको राज्यले सम्वोधन गर्नुपर्दछ ।’
यस विषयमा राज्यका अन्य निकाय समेतले केही नबोलिदिंदा विदेशीएका नेपालीको भावनामा समेत चोट पुगेको एनआरएनए उपाध्यक्ष भवन भट्टले बताए ।
‘विदेशमा बसेर दिनरात देशका बारेमा सोच्ने लाखौ युवा पिंढीहरू यो महत्वपूर्ण क्षणमा आफूलाई पनि समाहित गर्न चाहन्छन्’, भट्टले भने ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा