लण्डन । लण्डनको उत्तर पश्चिमी क्षेत्र ह्यारो वेष्टका सांसद तथा आसन्न संसदीय निर्वाचनमा लेबोर पार्टीका उम्मेदवार ग्यारेथ थोमसले स्थानीय नेपालीसित भेटी उनीहरुका समस्याका बारेमा छलफल गरेका छन् ।
उनले बुधबार स्थानीय नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) युकेको प्रतिनिधि मण्डलसित भेटघाट गरेका छन् ।
कम्युनिटीका अध्यक्ष मिलन घिमिरेको निवासमा भएको छलफलमा कम्युनिटीका प्रतिनिधिले सो क्षेत्रमा बसोबास गर्ने वृद्ध गोरखाहरुलाई दिउँसो हेरचाहका लागि सेवा उपलब्ध गराउनुपर्ने माग गरेका थिए । यस्तै, सो क्षेत्रमा ग्रामर स्कुल नहुँदा अभिभावकहरु अन्यत्र सर्न परिरहेकोले सो क्षेत्रमा ग्रामर स्कुलका लागि पहल गर्न पनि आग्रह गरेका थिए ।
कम्युनिटीले बालबालिकालाई नेपाली भाषा र बृद्धबृद्धालाई अंग्रेजी भाषा कक्षा सिकाइरहेको, बेलायती समाजमा अन्तरघुलन हुनका लागि काम गरिरहेको उल्लेख गर्दै एनबीसी टोलीले संस्थालाई आर्थिक रुपमा र कार्यालय स्थापनाका लागि सहयोग गर्न पनि प्रस्ताव गरेका थिए ।
भेटघाट करिब एक घण्टा चलेको थियो । आगामी महिना हुने निर्वाचनलाई मध्यनजर गरी संसदीय उम्मेदवारहरुले नेपाली समुदायलाई पनि भेट्न शुरु गरेका छन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’