लन्डन । एमाले निकट प्रवासी नेपाली मञ्च यूकेको नयां नेतृत्वका आंकाक्षीहरु भित्री तयारीमा लागेका छन् । वर्तमान अध्यक्ष रामशरण सिम्खडाको कार्यकाल यही जुन महिनामा सकिने भएपछि नयां नेतृत्वका लागि दौडधुप शुरु भएको हो ।
आइतबार लन्डनमा बसेको मञ्चको जिल्ला कमिटी बैठकले यही जुन २५ मा चौंथो अधिवेशन गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि आफूलाई नयां नेतृत्व रुपमा उभ्याउन भित्री तयारी शुरु भएको छ । औपचारिक रुपमा कसैले अध्यक्षका लागि दावी नगरेपनि प्रवासी नेपाली मञ्च यूकेका सल्लाहकार राजेन्द्र पुडासैनी, उपाध्यक्षद्धय रवीन्द्र कंडेल, रामजी बराल र महासचिव तुङगभद्र भुसालवीच प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि उनीहरुले वीनेपालीसंग भने, ‘सर्वसम्मत नेतृत्वका लागि पहल गरिनेछ ।’ पुडासैनीले नेतृत्व दावीका लागि सल्लाह सुझाव लिइरहेका छन् ।
यता, तीन वर्ष ४ महिना काम गर्ने अवसर दिएकोमा धन्यवाद दिदै अध्यक्ष सिम्खडाले यही मे अन्तिम सम्ममा सदस्यता नवीकरणका लागि आग्रह गरेका छन् ।
अध्यक्ष सिम्खडाले संगठन हांक्न सक्ने, वैचारिक रुपमा प्रस्ट र जुझारु, संगठनका लागि समय दिन सक्ने तथा गुटगत राजनीतिबाट संगठनलाई टाढा राख्न सक्ने नेतृत्वलाई पद हस्तान्तरण गर्न आफू आतुर रहेको बताए । उनका अनुसार, पक्ष- विपक्ष र गुट-उपगुटतिर नलागि स्वतन्त्र रुपमा अधिवेशन गराइने छ ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ