काबुल, २० वैशाख । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित आज शक्तिशाली विस्फोट भएको छ ।
राजधानी काबुलमा बुधबार भएको यस शक्तिशाली विस्फोटमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता नाजिब डेनिसले यस बम आक्रमण र हताहतीको एएफपी समाचार समितिलाई पुष्टि गर्नुभएको छ । बिहानको व्यस्त समयमा भएको यस आक्रमणमा मारिएका व्यक्ति प्रायः सर्वसाधारण नै भएका बताइएको छ ।
सो विस्फोटको प्रकृतिको विषयमा अनुसन्धान भईरहेको तर विस्फोटन भएको अवस्थामा विदेशी सैनिक बलको एक समूह त्यहाँबाट गइरहेको डेनिसले जानकारी दिनुभएको छ ।
यस आक्रमण विदेशी सैनिकलक्षित भएको एएफपीका फोटो पत्रकार र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
यस आक्रमणमा तीन सर्वसाधारणका कारसमेत ध्वस्त भएको बताइएको छ । एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई यस आक्रमणमा परी दुई अमेरिकी सैनिक सामान्यरुपमा घाइते भएका जानकारी दिएका छन् ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर यस प्रकारको आक्रमणमा प्राय तालिवान आतङ्ककारी समूहको नै हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने