लन्डन । लन्डन साउथहयारोस्थित गोल्डेन सीप रेष्टुरेन्टका सञ्चालक देव गुरुङ एक जमाना फिल्म निर्माणमा बडो सक्रिय थिए । खासमा भूतपूर्व ब्रिटिश लाहुरे उनी । हलिउड कलाकार ज्याकी च्यानसंग मिल्लो जुल्दो अनुहारले धेरै उनलाई नेपाली ज्याकी च्यान भनेर पनि जिस्क्याउंछन् । फेरि फिल्म निर्माण गर्ने सोच बनाइरहंदा देवको अचेल नेपाली लोक दोहोरीसंग पनि साइनो गांसिएको छ । उनी प्रत्येक साता जस्तो नेपालका राष्ट्रिय कलाकार आफ्नो रेष्टुरेन्टमा बोलाएर कार्यक्रम गर्न सक्रिय छन् ।
यही सिलसिलामा उनले आगामी ५ मे शुक्रबार सांझ लोक दोहोरी कलाकारहरु गीता पाइजा र लाली बुढाथोकीलाई बोलाएर रेष्टुरेन्टमा कार्यक्रम गर्ने तयारी गरेका छन् । उक्त कार्यक्रममा सहभागी भएर रमाइलो गर्न देवको निम्तो छ ।
गत साता उनले लोक गायक गायिका राजु ढकाल, जानकी तारामी मगर र डान्सर रश्मी तामाङ बोलाएर जोडदार कार्यक्रम गरे । बीरु लामा, मधुसुदन थापा, जुना श्रीस मगर, धर्मेन्द्र सेवान, श्रेया सोताङ, बीग आइकन साजन आले, कुन्ती मोक्तान, धिरज राई, आनन्द कार्की जस्ता कलाकार र स्थानीय व्याण्डहरु दाजु भाइ, आवाज आदिलाई उनले निम्त्याइसकेका छन् ।
‘नेपालबाटै कलाकार झिकाउन सम्भव नभएपनि बेलायत आएका प्राय कलाकार बोलाएर कार्यक्रम गर्ने गरेको छु’, उनी भन्छन्, ‘नेपाली लोक दोहोरी गीतको प्रवर्धन र मनोरन्जन प्रदान गर्ने उद्देश्य पनि हो ।’
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह