जेनेभा (स्विट्जरल्यान्ड), १८ वैशाख । सिरियाको द्वन्द्वमा पछिल्लो समयमा भएगरेका अमानवीय अपराधको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन संयुक्त राष्ट्रसङ्घद्वारा गठन भएको छानबिन टोलीको छिट्टै आफ्नो काम सुरु गर्ने राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राद हुसैनले बताउनुभएको छ ।
सोमबार स्विट्जरल्यान्डको जेनेभामा सञ्चारकर्मीसँग कुराकानी गर्दै अनुसन्धान प्रक्रियालाई अघि बढाउन ख्यातिप्राप्त न्यायाधीश र अन्तर्राष्ट्रिय वकिलले छानबिन समितिको नेतृत्व गर्नेछ । हुसेनले छानबिन समितिको नाम र सदस्य छिट्टै घोषणा हुने बताउनुभयो ।
छानबिनका लागि सुरुमा एक करोड ३० लाख अमेरिकी डलर छुट्याइएको र आधा बजेटको व्यवस्था भइसकेको छ । साथै बाँकी आधा बजेट व्यवस्थापनका लागि कैयौँ देशले प्रतिबद्धता जनाइसकेका कारण पूर्ण बजेटको छिट्टै टुङ्गो लाग्नेछ ।
यसअघि सन् २०१६ को डिसेम्बरमा गठन गरिएको छानबिन टोलीलाई सिरियाली राष्ट्रपति बर अल असदको सरकारद्वारा मुलुकको सार्वभौम अधिकारमाथि सहन नसकिने हस्तक्षेप भनी अस्वीकार गरिएको थियो ।
छानबिन टोलीले युद्धमा दोषी व्यक्तिसहित उनीहरुमाथि कारबाहीका लागि अन्तर्राष्ट्रिय अदालतमा सिफारिस गर्ने जनादेश प्रदान गरेको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल