टोरोन्टो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले आफ्नो देशका लागि नेपालीले उल्लेख्य योगदान गरेको बताएका छन् । नेपाली नयां वर्ष २०७४ को उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति, क्यानाडा मार्फत नेपाली समुदायलाई पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपालीको योगदानको प्रशंसा गर्दैै यो निरन्तर रहिरहेको समेत उल्लेख गरेका छन् । ‘क्यानाडा असंख्य संस्कृतिहरुको घर हो जहां बसाइ, काम र एकापसबीच आत्मियता मौलाएको छ’, उनले सन्देशमा भनेका छन्, ‘तपाईंहरु हाम्रो यस अनेकताको समाजमा योगदानको गर्व गर्न सक्नुहुन्छ ।’
नेपाली जनसम्पर्क समिति, क्यानाडाले शुक्रबार २९ मेका दिन ग्रेटर टोरोन्टोस्थित ब्राम्टन शहरमा एक पत्रकार सम्मेलन गरि प्रधानमन्त्रीको पत्रबारे जनाएको हो । समितिले विगतमा समुदायमा गरेका सामाजिक गतिविधि र भविष्यमा गर्ने योजनाबारे समेत जानकारी गराएको छ ।
समितिका महामन्त्री तथा क्यानाडा मामिला प्रमुख दिपक मोहन भट्टराईले पत्रबारे जानकारी दिंदै निकट भविष्यमा क्यानाडाका प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम तय गरिएको बताए । समितिले कुनै राजनीतिक पूर्वाग्रह नराखी क्यानेडियन सरकारसंग निकट रहेर समुदायको हितमा आवश्यक पहल गर्दै आएको दावी समेत गरेको छ ।
कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष तुलसीप्रसाद सापकोटाले जनसम्पर्क समिति क्यानाडाले गरेको कामको प्रशंसा गरेका थिए ।
युवा समाजसेवी तुला भट्टचनले सञ्चालन गरेको उक्त कार्यक्रममा समितिका महामन्त्री भट्टराई र संस्थापक तथा वर्तमान सभापति वुद्धि प्रकाश वलीले पत्रकार र सहभागीको जिज्ञासा मेटाएका थिए । साथै वलीले कार्यक्रम सफल पार्न सघाउने सबै र गुरु हक्का चाइनिज रेष्टुरेन्टको स्वादिष्ट खाना उपलव्ध गराउने हेमराज पाण्डे र सुनन्द सुवेदीलाई धन्यवाद समेत दिए ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने