लण्डन । नेप्लिज डक्टर्स एसोसिएसन युकेले नेप्लिज नर्सेस एसोसिएसन र मेडिस्टोन नेपाली कम्युनिटीसितको संयुक्त आयोजनामा मेडिस्टोनमा नेपाली समुदायलाई लक्षीत गरी स्वास्थ्य जाँच गरेको छ ।
मेडिस्टोन मार्केट हलमा आइतबार भएको सो कार्यक्रमको पहिलो भागमा सहभागीहरुलाई स्वास्थ्य चेतना र शिक्षा दिएको थियो । डा. चुडा कार्कीले डिप्रेसन, डा. अच्युत धितालले हाइपर टेन्सन, डा. कपिल रिजालले डेन्टल हाइजिन, डा. कमल अर्यालले पेट दुखाइका बारेमा जानकारी दिएका थिए । डा. राघव धिताल समापन मन्तब्य दिएका थिए ।
दोस्रो सत्रमा स्वास्थ्य परीक्षण गरिएको थियो । डा. बीना सुब्बा, डा. रसना बज्राचार्य, डा. कपिल रिजाल, डा. चुडा कार्की, डा. कमल अर्याल, डा. अच्युत धिताल, डा. गौरव गुरुङ, नर्सहरु प्रसुना कँडेल, सुशीला कार्की, मन सुनुवार सोनोग्राफरहरु जयश्री पटेल, हेसु बराला लगायतले स्वास्थ्य परीक्षण गरेका थिए ।
कार्यक्रमको तेस्रो चरणमा च्यारिटी डिनरको आयोजना गरिएको थियो । डा. बीना सुब्बाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी र मेडिस्टोनका मेयर डेरेक बटलर रहेका थिए । कार्यक्रममा मेडिस्टोन नेपाली कम्युनिटीका अध्यक्ष मेजर रिटायर्ड दुतप्रसाद गुरुङ र बीना सुब्बाले स्वागत मन्तब्य दिएका थिए भने डा. सुमिन्द्रा पुन र डा. एञ्जल मगरले च्यारिटीका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा मेयर बटलर, राजदुत क्षेत्रीले प्रमुख अतिथिको मन्तब्य दिएका थिए भने नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले युकेमा नेपाली पत्रकारिताबारे प्रवचन दिएका थिए ।
सो अवसरमा डाक्टरहरुले नाच तथा गीत पनि सुनाएका थिए । त्यसबाहेक नेपालबाट आएका कलाकारहरु लाली बुढाथोकी र गीता पाइजाले गीत गाएका थिए ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो