काठमाडौं। कुवेतमा बुधबारबाट शुरु हुने एसिसी मेन्स अन्डर नाइन्टिन प्रिमियर ट्रफीका लागि १४ खेलाडी छनौट भएका छन्। 
टोलीको कप्तानमा राजु रिजाल र उप-कप्तानमा आरीफ शेख छन्। त्यसैगरी इर्साद अहमद, आशिष धामी, शंकर राना, प्रेम तामाङ्ग, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की, सुशील कँडेल, सुनिल धमला, दीपेश श्रेष्ठ, दीपेन्द्र ऐरी, अर्जुन चापागाईं छनौट भएका छन्। त्यसैगरी बैकल्पिक खेलाडीमा निरज मुखिया, हेमन राई, कुशल भुर्तेल राजविर सिंह रहेको क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) ले जनाएको छ ।
प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, मलेसिया, नेपाल, साउदी अरबिया, यएई र कुवेत रहेका छन्। शुक्रबार नेपाल मलेसियाविरुद्ध पहिलो खेल खेल्ने छ ।
त्यस्तै नेपालले आइतबार ९ तारिखमा साउदी अरेबिया, १० तारिखमा कुवेत, १२ मा युएई र १४ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।
प्रतिस्पर्धा राउन्ड रोबिनमा हुनेछ।विजेताले २०१६ मा बंगलादेशमा हुने आइसीसी यु-१९ विश्वकपमा प्रतिस्पर्धा गर्न पाउनेछ।
प्रतियोगिता नोभेम्वर ५ देखि १५ तारिखसम्म चल्ने छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’