लण्डन । म्याग्देलीले नेपालबाट आएका कलाकारका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । म्याग्दी प्रवासी संघ (मोना) युकेले
फार्नब्रोस्थित वोकफाम कम्युनिटी स्कुलमा गरेको कार्यक्रममा नेपालबाट आएका गायिकाहरु लाली बुढाथोकी र गीता पाइजाले मनोरञ्जन दिलाए ।
मोना युकेका अध्यक्ष कमलबहादुर पुर्जाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष खिम शेरचनले दिएका थिए । रसमुरका काउन्सिलर एलेक्स क्राफोर्ड सो कार्यक्रमका प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा मोना युकेका संरक्षक रेशम शेरचन, बेल बुढाथोकी, अमर मल्ल, बिल पुर्जा र किसन जिसीलाई सम्मान गरिएको थियो । सम्मानितका तर्फबाट शेरचनले बोलेका थिए ।
कार्यक्रममा विभिन्न विश्वविद्यालयबाट स्नातक गरेका म्याग्देलीका छोराछोरीलाई सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमको संचालन महासचिव कुमार फगामीमगर र सचिव लालबहादुर पुनले गरेका थिए भने साँस्कृतिक कार्यक्रमको संचालन पुष्पा पुन र कृष्ण जुग्जालीले गरेका थिए ।
कार्यक्रममा नुनु थापा, मेरिन पाइजा, दुर्गी गर्बुजा पुन, किरन चोचांगीमगर, दुर्गादेवी पुनले नृत्य र गंगा पुर्जा, किशोर पुन, लाली बुढाथोकी, गीता पाइजा, वीरबहादुर थापा, तुलचन्द्र तिलिजाले गीत प्रस्तुत गरेका थिए । धौलागिरी नौमती बाजा र नौमती बाजा र टंक शेरचनले सारंगीको धुन बजाएका थिए ।
कार्यक्रममा युकेस्थित नेपाली समुदायका अग्रजहरूकाे उपस्थिति रहेकाे थियाे ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने