
लन्डन । गीतकार, कवि तथा समाजसेवी घनबहादुर थापा मगरका दुई एल्वम ‘बयान’ र ‘बस्ती’ ७ मेमा हकिन्ज कम्युनिटी हल, केन्टमा सार्वजनिक हुने भएको छ ।
विश्व नेपाली साहित्य महासंघ र नेपाली साहित्य विकास परिषद युकेको संयुक्त आयोजना तथा केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजको सहयोगमा हुन लागेको एक कार्यक्रमबीच कृति विमोचनको तयारी छ ।
कार्यक्रममा निम्तालुलाई मात्र बोलाइएको छ ।
बेलायतका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा हुने सो कार्यक्रममा गायक शिव परियारले उक्त एल्वममा रहेका गीत ‘लाइभ’ गाउने छन् । साथै गीतकार थापाले समाज सेवामा गर्दै आएका कार्यहरुको छोटो डकुमेन्ट्री पनि देखाइने छ ।
‘बयान’मा राजकुमार बगरले संगीत दिएका छन् भने प्रसिद्ध कलाकारहरू रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, प्रमोद खरेल, रामचन्द्र काफ्ले, सन्तोष लामा र प्रेयसी चेम्जोङले श्वर दिएका छन्
‘बस्ती’ मा डाक्टर किरातले संगीत दिएका छन् साथै कलाकारहरू शिव परियार, मेलिना राई, सरला राई, राज सिग्देल, मुन्ना गुरूङ, दुर्गा परियार, पवन थापा, तारा श्रीष र दीपा लामाको आवाज सुन्न सकिन्छ ।
दुवै एल्वमको निर्मात्री श्रीमती कृष्णा थापा मगर रहेकी छिन् । दुवै एल्वमलाई विन्ध्यवासिनी म्यूजिकका सुवास रेग्मी र लीना रेग्मीले बजारमा ल्याएका हुन्।
गीतकार थापाले कलाकारहरू, संगीतकारहरू, उत्पादक, भिडियो निर्देशक सबैलाई धन्यवाद दिएका छन् ।
गीतकार तथा समाजसेवी घन थापा मगरका कृति कविता संग्रह ‘देशको माटोमा मेरो फूल’ सन् २०१३ मा प्रकाशित गरेपछि क्रमशः ‘क्याक्मीको कोसेली’ कविता संग्रह, ‘मेरो चिनो मेरो देश’ कविता संग्रह र ‘मायाको संसार’ गीति एल्वम सार्वजनिक भइसकेका छन् । ती कृतिहरूबाट जुटेको रकमले थापाले नेपालमा शैक्षिक तथा सामाजिक क्षेत्रहरुमा सहयोग गरिसकेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान