लन्डन । संयुक्त अधिराज्यको इंग्ल्याण्ड र वेल्समा तोकिएभन्दा बढि गतिमा सवारी हांके तलबबाटै जरिवाना गरिने नयां कानुन कार्यान्वयनमा आएको छ । यसै साता २४ अप्रिल २०१७ बाट लागू भएको यूके स्पिडिङ ल अनुसार नियम मिच्ने सवारी चालकले आफ्नो साताको तलवबाट एकसय पचास प्रतिशतसम्म जरिवाना र प्वाइन्ट पेनाल्टी सामना गर्नुपर्ने भएको हो ।
बेलायतमा गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए जरिवानासहित लाइसेन्स नै रद्द हुने नियम लागू भएको दुई महिना नपुग्दै गति नियन्त्रण सम्वन्धि कडा कानुन ल्याइएको हो ।
बेलायत सरकारले तीन ब्याण्डमा वर्गीकरण गर्दै ब्याण्ड ए अन्तर्गत २० माइल स्पिड लिमिट क्षेत्रमा २१ देखि ३० माइल प्रति घण्टा, ३० लिमिटमा ३१ देखि ४० माइल प्रति घण्टा र ४० लिमिटमा ४१ देखि ५५ माइल प्रतिघण्टा गाडी कुंदाए साताको तलबबाट ५० प्रतिशत जरिवाना गरिने छ ।
त्यसैगरि, ब्याण्ड बी अन्तर्गत २० माइल स्पिड लिमिटमा ३१ देखि ४० माइल प्रतिघण्टा, ३० लिमिटमा ४१ देखि ५० माइल र ४० लिमिटमा ५६ देखि ६५ माइल प्रति घण्टा गाडी कुंदाए साताको शतप्रतिशत तलब काटिने, ७ देखि २८ दिनसम्म सवारी चलाउन अयोग्य वा ४ देखि ६ पेनाल्टी प्वाइन्ट दिइने नयां कानुनमा छ ।
ब्याण्ड सी अन्तर्गत २० लिमिटमा ४१ माइल माथि, ३० मा ५१ माथि र ७० लिमिटमा १०१ प्रतिघण्टा कुंदे साताको १५० प्रतिशत तबल कटाइने र ७ देखि ५६ दिनसम्म अयोग्य ठहर वा ६ प्वाइन्ट पेनाल्टी दिइने उल्लेख छ ।
लन्डनस्थित सोलिसिटर राजु थापाले दुर्घटना नियन्त्रण र राजश्व संकलनका लागि यस्तो कडाइ गरिएको बताए । उनले जरिवाना तिर्न नसके अदालतमा उपस्थित भएर जेल समेत जानुपर्ने बताउंदै चालकहरुलाई नयां नियम पालना गर्न सुझाए । थापाले अहिले स्थानीय निकायलाई थप अधिकार प्रत्यायोजन गर्दै सडकमा थुके, चुरोटको ठुटा फाले वा फलफूल खाएर बोक्रा र अन्य फोहोर फाले ८० पाउण्डसम्म जरिवाना गर्न थालिएको समेत जानकारी दिए ।
तर, नयां कानुनबारे करिब ६० प्रतिशत चालकहरु अनभिज्ञ रहेको एक अध्ययनले जनाएको छ । २५ वर्ष माथिका ३८ प्रतिशत चालकले मात्र नयां परिवर्तनबारे थाहा पाएको अध्ययनमा उल्लेख छ ।
गत १ मार्च देखि इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सवारी चालकका लागि नयां कडा नियम लागू भएको थियो । यहां गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्ने, जरिवाना एवं प्वाइन्ट पेनाल्टी छ । ट्राफिक बत्तिमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने