लन्डन । संयुक्त अधिराज्यको इंग्ल्याण्ड र वेल्समा तोकिएभन्दा बढि गतिमा सवारी हांके तलबबाटै जरिवाना गरिने नयां कानुन कार्यान्वयनमा आएको छ । यसै साता २४ अप्रिल २०१७ बाट लागू भएको यूके स्पिडिङ ल अनुसार नियम मिच्ने सवारी चालकले आफ्नो साताको तलवबाट एकसय पचास प्रतिशतसम्म जरिवाना र प्वाइन्ट पेनाल्टी सामना गर्नुपर्ने भएको हो ।
बेलायतमा गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए जरिवानासहित लाइसेन्स नै रद्द हुने नियम लागू भएको दुई महिना नपुग्दै गति नियन्त्रण सम्वन्धि कडा कानुन ल्याइएको हो ।
बेलायत सरकारले तीन ब्याण्डमा वर्गीकरण गर्दै ब्याण्ड ए अन्तर्गत २० माइल स्पिड लिमिट क्षेत्रमा २१ देखि ३० माइल प्रति घण्टा, ३० लिमिटमा ३१ देखि ४० माइल प्रति घण्टा र ४० लिमिटमा ४१ देखि ५५ माइल प्रतिघण्टा गाडी कुंदाए साताको तलबबाट ५० प्रतिशत जरिवाना गरिने छ ।
त्यसैगरि, ब्याण्ड बी अन्तर्गत २० माइल स्पिड लिमिटमा ३१ देखि ४० माइल प्रतिघण्टा, ३० लिमिटमा ४१ देखि ५० माइल र ४० लिमिटमा ५६ देखि ६५ माइल प्रति घण्टा गाडी कुंदाए साताको शतप्रतिशत तलब काटिने, ७ देखि २८ दिनसम्म सवारी चलाउन अयोग्य वा ४ देखि ६ पेनाल्टी प्वाइन्ट दिइने नयां कानुनमा छ ।
ब्याण्ड सी अन्तर्गत २० लिमिटमा ४१ माइल माथि, ३० मा ५१ माथि र ७० लिमिटमा १०१ प्रतिघण्टा कुंदे साताको १५० प्रतिशत तबल कटाइने र ७ देखि ५६ दिनसम्म अयोग्य ठहर वा ६ प्वाइन्ट पेनाल्टी दिइने उल्लेख छ ।
लन्डनस्थित सोलिसिटर राजु थापाले दुर्घटना नियन्त्रण र राजश्व संकलनका लागि यस्तो कडाइ गरिएको बताए । उनले जरिवाना तिर्न नसके अदालतमा उपस्थित भएर जेल समेत जानुपर्ने बताउंदै चालकहरुलाई नयां नियम पालना गर्न सुझाए । थापाले अहिले स्थानीय निकायलाई थप अधिकार प्रत्यायोजन गर्दै सडकमा थुके, चुरोटको ठुटा फाले वा फलफूल खाएर बोक्रा र अन्य फोहोर फाले ८० पाउण्डसम्म जरिवाना गर्न थालिएको समेत जानकारी दिए ।
तर, नयां कानुनबारे करिब ६० प्रतिशत चालकहरु अनभिज्ञ रहेको एक अध्ययनले जनाएको छ । २५ वर्ष माथिका ३८ प्रतिशत चालकले मात्र नयां परिवर्तनबारे थाहा पाएको अध्ययनमा उल्लेख छ ।
गत १ मार्च देखि इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा सवारी चालकका लागि नयां कडा नियम लागू भएको थियो । यहां गाडी हांकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्ने, जरिवाना एवं प्वाइन्ट पेनाल्टी छ । ट्राफिक बत्तिमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]