अङ्कारा, १४ वैशाख । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ ।
बुधबार बिहान सबेरै टर्की प्रहरीले देशभरी गरेको कारबाहीको क्रममा एक हजारभन्दा बढी एफइटिओका सदस्य पक्राउ परेका टर्कीज गृह मन्त्रालयले जानकारी दिएको छ ।
सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा रहेको बेला ‘कू’ को प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो ।
यस कूको प्रयास गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारी, पत्रकार, न्याय क्षेत्रका वरिष्ठ अधिकारी, उच्चस्तरीय व्यापारीलयागात हजाराँैको सङ्ख्यामा टर्कीका नगरिक पक्राउ परेका थिए ।
एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कू’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरेका थियो ।
टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)को संलग्नता रहेका आरोप लागेको थियो ।
अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए ।
गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने