लण्डन, १४ वैशाख । बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर करिब १०० जना मानवअधिकारकर्मी भेला भई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेका १०० दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भनी विहीबार विरोध जनाएका छन् ।
प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्को हातमा ‘शरणार्थीको स्वागत गर’ शरणर्थीमाथि प्रतिबन्ध नलगाऊ वा पर्खाल नलगाऊ भन्ने भावका नारा लेखिएका प्लाकार्ड बोकी मौन उभिएर मानव अधिकार विरोधि गतिविधिको विरोध गरेका थिए । कार्यक्रम एम्नेष्टी इन्टरनेशनलको आयोजनामा भएको थियो ।
एक सय दिनको अन्तरालमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको यस अघि मानव अधिकारका बिषयमा कमाएको प्रसिद्धिबाट बताउन साध्य नहुनेगरी क्षति पुरयाउनुभएको छ, एम्नेष्टीका बेलायती निर्देशक केट एलेनले बताउनुभयो ।
एम्नेष्टीले यसै हप्ता १०० दिन पुगेको ट्रम्प प्रशासनले लिएका केही मुशलमान मुलुकलाई लक्षित गरी आएको भ्रमणमा प्रतिबन्ध, मेक्सिकोको सिमाक्षेत्रमा बार लगाउने लगायत कैयौं निर्णयको आलोचना गर्दै आएको छ ।
पहिलो सय दिनले अमेरिकी राष्ट्रपति के गर्न चाहन्छन् भन्ने विषयमा मुख्य दिशाबोध गरेको छ, एम्नेष्टिका केरी मोस्कोग्युरीले एएफ्पीलाई बताए ।
‘हामीलाई लाग्छ स्वतन्त्रताको प्रतिमूर्ति आज के तिमी म जस्तै रुने थिएनौ त’, एम्नेष्टि प्रतिनिधिले ट्रम्पको कामप्रति कटाक्ष गर्दै व्यङ्ग्य गर्नुभयो । एम्नेष्टिले यसै विषयमा शनिबार स्कटल्याण्ड र उत्तरी आएरल्याण्डमा पनि प्रदर्शन गर्ने जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा