लण्डन, १४ वैशाख । बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर करिब १०० जना मानवअधिकारकर्मी भेला भई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेका १०० दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भनी विहीबार विरोध जनाएका छन् ।
प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्को हातमा ‘शरणार्थीको स्वागत गर’ शरणर्थीमाथि प्रतिबन्ध नलगाऊ वा पर्खाल नलगाऊ भन्ने भावका नारा लेखिएका प्लाकार्ड बोकी मौन उभिएर मानव अधिकार विरोधि गतिविधिको विरोध गरेका थिए । कार्यक्रम एम्नेष्टी इन्टरनेशनलको आयोजनामा भएको थियो ।
एक सय दिनको अन्तरालमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको यस अघि मानव अधिकारका बिषयमा कमाएको प्रसिद्धिबाट बताउन साध्य नहुनेगरी क्षति पुरयाउनुभएको छ, एम्नेष्टीका बेलायती निर्देशक केट एलेनले बताउनुभयो ।
एम्नेष्टीले यसै हप्ता १०० दिन पुगेको ट्रम्प प्रशासनले लिएका केही मुशलमान मुलुकलाई लक्षित गरी आएको भ्रमणमा प्रतिबन्ध, मेक्सिकोको सिमाक्षेत्रमा बार लगाउने लगायत कैयौं निर्णयको आलोचना गर्दै आएको छ ।
पहिलो सय दिनले अमेरिकी राष्ट्रपति के गर्न चाहन्छन् भन्ने विषयमा मुख्य दिशाबोध गरेको छ, एम्नेष्टिका केरी मोस्कोग्युरीले एएफ्पीलाई बताए ।
‘हामीलाई लाग्छ स्वतन्त्रताको प्रतिमूर्ति आज के तिमी म जस्तै रुने थिएनौ त’, एम्नेष्टि प्रतिनिधिले ट्रम्पको कामप्रति कटाक्ष गर्दै व्यङ्ग्य गर्नुभयो । एम्नेष्टिले यसै विषयमा शनिबार स्कटल्याण्ड र उत्तरी आएरल्याण्डमा पनि प्रदर्शन गर्ने जनाएको छ ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने