लन्डन । आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बिहीबार आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राजदूत डा. सुवेदीले डब्लिनस्थित राष्ट्रपतिय दरबारमा आयोजित एक विशेष समारोहबीच आयरल्याण्डका राष्ट्रपति माइकल डि हिगिन्स्समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । डा. सुवेदी बेलायतका लागि नेपाली राजदूत समेत हुन् ।
उक्त अवसरमा राजदूत सुवेदीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति हिगिन्ससमक्ष पठाएको शुभेच्छा र सुस्वास्थ अनि खुशीको सन्देश तथा आयरल्याण्डका जनताको शान्ति, प्रगति र समृद्धिको कामना सुनाएका थिए ।
ओहोदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति हिगिन्सले राजदूत सुवेदीलाई बधाइ दिंदै नेपालकी राष्ट्रपति र नेपाली जनताको सुख, समृद्धि र प्रगतिको शुभेच्छा व्यक्त गरेका थिए । हिगिन्सले सुवेदीलाई आफ्नो कार्यकालमा नेपाल र आयरल्याण्डबीच द्धिपक्षीय सम्वन्ध विस्तार गर्न सफलता मिलोस् भन्ने कामना समेत गरे ।
समारोहमा राजदूतले आयरल्याण्ड र नेपालबीचको सम्वन्ध अझ मजवुत बनाउने आफ्नो चाहना व्यक्त गर्दै नेपालको राजनीतिक, सामाजिक तथा आर्थिक विकास, नयां संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणबारे अवगत गराएका थिए । राजदूत सुवेदीले महाभूकम्पको पीडाका बेला र नेपालको सामाजिक आर्थिक विकासमा आयरल्याण्डले गरेको सहयोग र साथप्रति आभार समेत व्यक्त गरेका थिए ।
उक्त अवसरमा आयरल्याण्ड सरकारका विशिष्ठ अधिकारीहरुको समेत उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा