
इस्लामाबाद, १४ वैशाख । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् ।
देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् ।
सामुद्रिक व्यापारसम्बन्धी सुरक्षा निकायले २९ जना माझीसँगै पाँच ओटा डुङ्गा पनि नियन्त्रणमा लिइएको बताएको छ ।
“भारतीय माझीले अवैधरुपमा पाकिस्तानी जलक्षेत्रमा माछा मारेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो,” सामुद्रिक व्यापारसम्वन्धी सुरक्षा निकाय (एमएसए)का प्रवक्ताले सञ्चारकर्मीलाई भन्नुभयो ।
एमएसएले नियन्त्रणमा लिइएका माझीहरुलाई थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि प्रहरीलाई हस्तान्तरण गरेको छ । उनीहरुलाई अदालती प्रक्रियातर्फ लगिने प्रहरीले जनाएको छ ।
भारत र पाकिस्तानले यसैगरी पटकपटक एक अर्को देशका माझीलाई नियन्त्रणमा लिने गर्दछन् ।
यस महिनामा मात्रै पाकिस्तानी सुरक्षाकमीले भारतीय माझीहरुलाई नियन्त्रणमा लिएको यो दोस्रो पटक हो । गत मार्च २६ तारिखका दिन पाकिस्तानी अधिकारीहरुले झन्डै एक सय जना भारतीय माझीलाई नियन्त्रणमा लिएका थिए ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश