काठमाडौँ, १४ वैशाख । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुरयाउन माग गरेको छ ।
सञ्जालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष रेणुकुमारी यादवले देशमा विभिन्न समयमा भएका आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका महिलालाई समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भए पनि ५० प्रतिशत पुरयाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधानमा स्थानीय तहमा ५० प्रतिशत, प्रादेशिक तहमा ४० र सङ्घीय तहमा ३३ प्रतिशत प्रतिनिधित्व हुने भने पनि निर्वाचनमा दुई पार्टी मिल्दा दुवै पार्टीले उम्मेदवार पुरुष उठाउँदा महिलाको सिट नपुग्ने हो कि भन्ने चिन्ता बढेको छ ।”
अध्यक्ष यादवले देशको नीति, निर्णय गर्ने ठाउँमा महिलालाई समावेश नगर्दा महिलाको अधिकार गुम्ने खतरा बढेर गएको बताउनुभयो । सञ्जालकी महासचिव यशोधा सुवेदीले स्थानीय तहको निर्वाचनमा दलित महिलालाई अनिवार्य रुपमा उठ्न पाउने व्यवस्था गरे पनि दलित नभएको ठाउँमा अरु महिला उठ्न पाउनुपर्ने माग गर्नुभयो ।
महिलाको अधिकारलाई लागि लड्दै आएको सञ्जालमा हाल विभिन्न १० राजनीतिक दलका महिला आबद्ध छन् ।
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता