
वासिङ्टन डिसी । अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो ।
सैन्य कमाण्डका अनुसार अमेरिकी सेनाले खार्ग टापुमा रहेका ९० भन्दा बढी इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ । आक्रमणका क्रममा तेलसम्बन्धी संरचनालाई भने क्षति नपुर्याई सुरक्षित राखिएको बताइएको छ । उक्त आक्रमणबाट नौसैनिक बारुद भण्डारण स्थल, क्षेप्यास्त्र भण्डारण बंकर तथा अन्य धेरै सैन्य संरचनाहरू नष्ट भएको जनाइएको छ ।
खार्ग टापु फारसको खाडीमा इरानको तटबाट करिब २५ किलोमिटर टाढा अवस्थित छ र इरानको कच्चा तेल निर्यातको करिब ९० प्रतिशत यही टापुमार्फत हुने गर्दछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त आक्रमणले सैन्य लक्ष्यहरूलाई ‘पूर्ण रूपमा नष्ट
गरेको’ बताउनुभएको छ । उहाँले यदि हर्मुज जलडमरू हुँदै हुने जहाज आवागमन अवरुद्ध भए खार्ग टापुको तेल संरचनालाई पनि निशाना बनाइने चेतावनी दिनुभएको छ ।
यसैबीच इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इरानको तेल तथा ऊर्जा संरचनामाथि कुनै पनि आक्रमण भए त्यसको प्रतिशोधस्वरूप अमेरिकी कम्पनीसँग सम्बन्धित क्षेत्रीय संरचनाहरूमा प्रतिक्रिया दिइने चेतावनी दिनुभएको छ ।
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायती दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]