इस्तानबुल (टर्की), १३ वैशाख । टर्कीको प्रशासनले अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका मुस्लमान धर्मगुरु फेतुल्लाह गुलेन समर्थक करिब एक हजार नागरिकलाई बुधबार पक्राउ गरेको छ ।
यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हालै भएको जनमतसङ्ग्रहमा आफ्नो शक्ति बढाउनसक्ने गरी परिणाम आएको केही दिनभित्र एर्डोगानको प्रशासनले लिएको प्रतिपक्षी विरुद्धको कडा कदम हो ।
राष्ट्रपति एर्डोगानले राष्ट्रपतिलाई थप शक्तिशाली बनाउने वा नबनाउने भन्ने विषयमा भएको जनमतसङ्ग्रहपछि टर्की छिरेको बताइएका गुलेन समर्थक करिब तीन हजार नागरिकलाई बुधबार बिहानै गरिएको खोजी पछि पक्राउ गरिएको थियो ।
टर्कीका सबै ८१ राज्यमा गरी बुधबार एक हजार १३ शङ्कास्पद गुलेन समर्थक नागरिकलाई पक्राउ गरिएको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको छ ।
प्रशासनले टर्कीमा पछिल्लो समय गुलेन समर्थक चार हजार ६७२ नागरिकमाथि पक्राउ पूर्जी जारी गरेकोमा एक हजार ४४८ यसअघि नै जेलमा छन् ।
टर्कीको सरकारले गुलेनलाई सन् २०१६ को जुलाई १५ मा भएको असफल ‘कु’ प्रयासका मुख्य योजनाकार बताउँदै उनका समर्थकलाई नियन्त्रणमा लिने क्रम अझै जारी छ । कैयौँ नागरिक जर्मन, फ्रान्स, अमेरिकालगायतका मुलुकमा शरणार्थीका रुपमा बस्दै आएका छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल